ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आउँदो पाँच वर्षभित्रमा यो देशकै ‘सर्वश्रेष्ठ प्रदेश’ बन्ने छ– मुख्यमन्त्री गुरुङ


admin
माघ २, २०७६ बिहीबार  ८ : ०० बजे

काठमाडौं, २ माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आउँदो पाँच वर्षभित्रमा यो देशकै ‘सर्वश्रेष्ठ प्रदेश’ बन्ने बताउनुभएको छ ।

माघे सङ्क्रान्ति पर्वका अवसरमा आयोजित जैमिनी मेलालाई सम्बोधन गर्दै उहाँले समृद्ध प्रदेशको आधार तयार भएको बताउनुभयो । “कानूनी जग, संरचना र जनशक्ति व्यवस्थापन गरिएको छ”, उहाँले भन्नुभयो, “समृद्धितर्फको यात्रा शुरु भएको छ, हामीसँग पाँच, ११ र २५ वर्षसम्मको योजना तथा लक्ष्य छ ।”

मुख्यमन्त्री गुरुङले प्रदेश सरकार बनेपछि जनतामा आशा जागेको उल्लेख गर्दै न्याय र समानतासहितको समृद्धि ल्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “गण्डकी प्रदेशका १५ प्रतिशत गरिबीलाई आउँदो पाँच वर्षभित्रमा आधा र ११ वर्षभित्रमा शून्यमा झारिने छ”, उहाँले भन्नुभयो, “प्रदेशका ८३ हजार घरधुरी अहिले पनि गरिबीको रेखामुनी रहेको सरकारी आँकडा छ । यस्तै प्रदेशको ७२ वर्षको औसत आयुलाई पाँच वर्षभित्रमा ७५ र ११ वर्षभित्रमा ८० पु¥याइने छ ।”मुख्यमन्त्री गुरुङले भन्नुभयो, “जनताको स्वास्थ्य, सुखी र दीर्घजीवनका लागि उपचारको सहज व्यवस्था हुन्छ, स्तरीय अस्पताल बन्छन् ।” प्रदेशका १५ प्रतिशत घरधुरीमा आधारभूत खानेपानीको सुविधा नपुगेको भन्दै उहाँले दुई वर्षभित्रमा सबै घरमा खानेपानी पु¥याइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

खानेपानी आयोजनाका लागि चालू आवमा सङ्घीय सरकारको रु ८० करोड र प्रदेश सरकारको पनि सोही बराबरको बजेट परिचालन भएको उहाँको भनाइ छ । मुख्यमन्त्री गुरुङले बिजुली नपुगेको ९ प्रतिशत घरधुरीमा आउँदो एक वर्षभित्रमा सबै घरमा बिजुली पु¥याउने उल्लेख गर्दै पाँच वर्षभित्रमा तीन हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य प्रदेश सरकारले लिएको जानकारी दिनुभयो । प्रदेशमै उत्पादित बिजुलीको उपभोग बढाइ इन्धन र ग्यासको आयातलाई विस्तारै घटाइने उहाँको भनाइ छ ।

“यही वर्षदेखि विद्युतीय चुल्हो वितरण गर्दैछौँ, ग्यासको सट्टा यहाँ निर्मित चुल्हो प्रयोग गर्दा आधाजति खर्च बच्छ”, उहाँले भन्नुभयो, “विद्युतीय सवारीको प्रयोगलाई बढाउन निजी क्षेत्रसँग मिलेर पोखरामा बस सेवा शुरु गर्दैछौँ ।”मुख्यमन्त्री गुरुङले इन्धन र ग्यासमा वार्षिक अर्बौ रुपैयाँ बाहिरिएको र त्यसलाई प्रतिस्थापन गर्न सके ठूलो रकम प्रदेशकै ढुकुटीमा रहन्छ भन्दै प्रदेश सरकारले आगामी पाँच वर्षभित्र ८५ वटै स्थानीय तह जोड्ने सडकलाई सात मिटर चौडासहित कालोपत्र गर्ने बताउनुभयो ।

“हामीसँग ठूला सडक आयोजना पनि छन्, प्रदेश सरकार बनेपछि १४२ झोलुङ्गे पुल निर्माण गरिएको छ”, उहाँले भन्नुभयो, “प्रदेशको विकास र समृद्धिका लागि पर्यटन र ऊर्जालाई मुख्य आधारका रुपमा लिइएको छ ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज महाशिवरात्रि: पशुपतिनाथका चार वटै ढोका खुला, दर्शनार्थी र साधुसन्तको घुइँचो

निर्वाचन २०८२ : ट्रेन्डिङ र हट सिटहरू – कहाँ छ सबैको नजर ?

सम्बन्धित

रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान्– श्रीमतीको मृत्यु

राप्रपाका वरिष्ठ नेता विश्वबन्धु थापाको निधन

निर्वाचन १८ दिन बाँकी : आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

बङ्गलादेशमा आगो लगाउनेहरू चुनाव हारे, यहाँ पनि जनताले हिसाब गरेर बसेका छन् : प्रचण्ड

आज २६३ औँ सेना दिवस, टुँडिखेलमा विशेष समारोह

झापा–५ मा ओलीलाई नै मत किन ? एमालेले अघि सार्‍यो ३० कारण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com