ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटन नेपालको अर्थतन्त्रको प्रमुख आधारमध्येको एक हो – पर्यटनमन्त्री भट्टराई


admin

काठमाडौँ,  १८ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले ‘नेपाल भ्रमर्ण वर्ष–२०२०’ को भव्य शुभारम्भ समारोहमा आम जनसमुदायको अभूतपूर्व र उत्साहजनक सहभागिताले थप उत्साहित बनाएको बताउनुभएको छ ।

‘नेपाल भ्रमर्ण वर्ष–२०२०’ मूल आयोजक समितिका अध्यक्षसमेत रहनुभएका मन्त्री भट्टराईले आज एक विज्ञप्ति जारी गर्दै भ्रमण वर्षको भव्य उद्घाटन समारोहमा सक्रियता जनाएर उत्साह प्रदान गर्ने सम्पूर्ण महानुभावलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको हो ।उहाँले भ्रमर्ण वर्षलाई राष्ट्रिय उत्सवको रुपमा मनाउने सरकारको संकल्पको सुखद् शुरुआत भएको बताउनुभयो । सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । “सङ्ख्या त छँदैछ, हामीले त्योभन्दा बढी विश्व समुदायमा नेपालको बारेमा दिइने सन्देश र देशभित्र पैदा गर्ने जागरण र सचेतनालाई प्रमुख मानेका छौँ । यसका लागि समुद्घाटन कार्यक्रममा जस्तै गरी अभियान भरि सबैको यस्तै सहयोग र सहभागिताको अपेक्षा सरकारले गरेको छ”, पर्यटनमन्त्रीले विज्ञप्तिमा भन्नुभएको छ ।

उहाँले भ्रमण वर्षको यही ७ जनवरी २०२० विश्वभरी नै भव्य उद्घाटन हुने र त्यसलाई सम्पन्न गर्न विदेशस्थित नेपाली कूटनीतिक निगोग तथा गैरआवासीय नेपाली सङ्घलगायत प्रवासमा रहेका नेपाली शुभचिन्तकलाई हार्दिक आग्रह गर्नुभएको छ । पर्यटन नेपालको अर्थतन्त्रको प्रमुख आधारमध्येको एक हो । मुलुकको राष्ट्रिय आकांक्षा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सपना पूरा गर्नका लागि पर्यटनलाई प्रमुख आधार मानिएको उल्लेख गर्दै मन्त्री भट्टराईले यसका लागि आगामी दिनमा पनि यस्तै सहभागिता, सक्रियता र प्रतिबद्धता अपेक्षा गरिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “भनिन्छ, ‘हजार माइलको यात्रा एक पाइलाबाट शुरु हुन्छ ।’ समुद्घाटन कार्यक्रमलाई हामीले हजार माइलको यात्राको भव्य र सुखद् शुरुआत मानेका छौँ । अन्तमा हजार माइलको उज्यालो यात्रामा यही उचाइका साथ सहयोग, सहभागिता र प्रतिबद्धताका साथ निरन्तर सहभागी भई दिन हुन अपिलसमेत गर्दछु” विज्ञप्तिमा भनिएको छ ।

पर्यटनमन्त्री भट्टराईले विशेष गरी काठमाडौँको दशरथ रङ्गशालामा उपस्थित भएर कार्यक्रमको समुद्घाटन गरिदिनुहुने राष्ट्रपति विद्यादेवी भण्डारीप्रति हार्दिक आभार प्रकट गर्नुभएको छ । भ्रमण वर्षको मार्गदर्शनका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीप्रति पनि आभार प्रकट गर्नुभएको छ । पर्यटनमन्त्रीले तयारीदेखि उद्घाटनसम्म सहभागिता जनाउने नेपालस्थित विभिन्न देशका राजदूत र वैदेशिक साझेदार संस्थाका प्रमुखप्रति पनि हामी आभार प्रकट गर्नुभएको छ ।

भ्रमण वर्षको अङ्ग्रेजी नयाँ वर्ष सन्–२०२० जनवरी १ तारिख ९पुस १६ गते० काठमाडौँको दशरथ रङ्गशालासँगै सातै वटा प्रदेशको मुख्य पर्यटकीय स्थानमा उद्घाटन भएको थियो । दशरथ रङ्गशालासँगै प्रदेश नं १ को मोरङस्थित विराटनगर रङ्गशाला, प्रदेश–२ को जनकपुरस्थित जानकी मन्दिर जनकपुरधाम, प्रदेश–३ को चितवनस्थित सौराहा र गण्डकी प्रदेशको कास्कीस्थित लेकसाइड पोखरामा समुद्घाटन भएको थियो । यसैगरी प्रदेश नं ५ को बर्दियास्थित ठाकुरद्वारा, कर्णाली प्रदेशको सुर्खेतस्थित बुलबुल ताल र सुदूरपश्चिम प्रदेशको धनगढीमा भ्रमण वर्षको भव्य समुद्घाटन भएको पर्यटनमन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

सम्बन्धित

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com