ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उत्पादनमा लापरबाही गरेको भन्दै तीन सिमेन्ट उद्योगलाई १५ दिने स्पष्टीकरण (पत्रसहित)


एबीसी न्यूज
पुस १४, २०७६ सोमबार  १२ : ४९ बजे

 

काठमाडौं, १४ पुस ।  नेपाल गुणस्तर तथा नापतौल विभागले तीन वटा सिमेन्ट उद्योगलाई स्पष्टीकरण सोधेको छ।

सार्वजनिक लेखा समितिमा सिमेन्टको गुणस्तरका बारेमा महानिर्देशक विश्वबाबु पुडासैनीलाई गम्भिर अनिमितताको आरोप लगाएपछि विभागले एक्सन थालेको हो।विभागले तीन उद्योगको नमूना संकलन गरेर प्रयोगशालामा परीक्षण गराउँदा नेपाल गुणस्तर अनुरुप नपाएपछि स्पस्टीकरण सोधेको हो।

सिमेन्ट उद्योगमा नेपाल गुणस्तरले तोकेको मापदण्ड भन्दा बढी आइआर भएपछि विभागले १५ दिने स्पष्टिकरण सोधेको छ । मापदण्ड अनुसार ओपीसी सिमेन्टमा २ प्रतिशत भन्दा बढी आइआर हुनुहुँदैन भने पीपीसीमा २८ प्रतिशतभन्दा बढी आइआर हुनु हुँदैन ।

युनाइटेडले ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । सोही सिमेन्टमा आइआर २.६ प्रतिशत रहेपछि विभागले उद्योगलाई १५ दिने स्पष्टिकरण सोधेको हो ।

त्यसैगरी, वृज सिमेन्टमा पनि आइआर २९.९ प्रतिशत आइआर देखिएपछि उसलाई पनि विभागले १५ दिने स्पष्टिकरण सोधेको विभागले जनाएको छ । विभागका अनुसार उनीहरुले लिखित जवाफ पठाएपछि थप कारबाही प्रक्रिया अघि बढाइने छ । के कति कारणले तोकिएको मापदण्ड भन्दा बढी आइआर रहेको भनेर प्रष्टिकरण सोधिएको हो ।

त्यसैगरी, नेपाल र चनियाँ लगानीमा सञ्चालित होङ्सीको सिमेन्टको गुणस्तरमा पनि समस्या देखिएको विभागले जनाएको छ । केही दिनअघि संसद्को सार्वजनिक लेखा समितिले आइआर २ प्रतिशत र २८ प्रतिशतमा कायम राख्न सरकारलाई निर्देशन दिएको थियो ।

त्यसयता विभागले सिमेन्ट उद्योगमाथि धमाधम अनुगमन गरिरहेको छ । सोही क्रममा तीन ओटा उद्योगले गम्भीर लापरबाही गरेर सिमेन्ट उत्पादन गरेको विभागले ठहर गरेको छ ।

विभागका अनुसार होङसीमा इनिसियल सेटिङ आधा घण्टामा हुनुपर्नेमा नरहेको पाइएको छ। विभागले यो उद्योगलाई नेपाल गुणस्तर प्रमाण चिन्ह नियमावली २०४० को नियम (१६) अनुसार १५ दिनको स्पष्टीकरण सोधिएको जनाएको छ।

विभागका अनुसार वृज सिमेन्टको पिपिसी कम्प्रेसिभ स्ट्रेन्थ २१ एमपिए र आइआर (इन्स्लोबल रेसिड्यू) २९ दशमलब ९ प्रतिशत नेपाल गुणस्तर ३८५ अनुसार छैन।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेनको चुनावी ‘बाचा पत्र’ लाई सरकारको १०० बुँदे योजना : कति पूरा, कति बाँकी ? (विस्तृतमा)

बर्दिवास मेडिकल कलेज खारेज : बालेनको गृह जिल्ला महोत्तरीमा आगो !

सम्बन्धित

आज दुई प्रदेशमा वर्षाको सम्भावना

बालेन सरकारले खारेज गर्दैछ यी १५ असान्दर्भिक ऐन : राजस्व अनुसन्धान ऐनसहित ठूला कानुनमा सुधार

ओलीको बन्दी प्रत्यक्षीकरणको रिटमा सोमबार सुनुवाइ

रवि लामिछानेको अर्को तारिख वैशाख १४ गते

सरकारले तीन पूर्वप्रधानमन्त्रीविरुद्ध सम्पत्ति शुद्धीकरणको अनुसन्धान थाल्यो

केपी ओलीलाई भर्चुअल रुपमा अदालत उपस्थित गराउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com