ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अब्यवस्थित घरबासलाई ब्यवस्थित बनाउंदै बुटवल उपमहानगर


sharan sharan
पुस ८, २०७६ मंगलबार  ९ : ४० बजे

बुटवल, ८ पौष ।
बुटवल उप–महानगरपालिकामा अव्यवस्थित बसोबास व्यवस्थापन तथा सुकुम्बासीले भोगचलन गरेको जग्गाको तथ्याङक संकलनको काम सुरु भएको छ । उपमहानगरको वडा नम्बर–११ देविनगरबाट सुकुम्बासी तथा सार्वजनिक जग्गाको तथ्याङ्क संकलन सुरु भएको हो । नगरको प्रथम बैठकबाट पारित योजना अनुसार अव्यवस्थित बसोबास व्यवस्थापन तथा सार्वजनिक जग्गा व्यवस्थापन समितिले तथ्याङ्क संकलनको लागि नापी सुरु गरेको उपमहानगरपालिकाले जनाएको छ ।
जग्गा नापजांच गर्ने कार्यको उदघाटन गर्दै उपमहानगरपालिकाका प्रमुख शिवराज सुबेदीले पहिलो चरणमा वडा नम्बर–११ देविनगरको ८० विगाह जग्गाको तथ्याङ्क संकलन गरिने जानकारी दिनुभयो । जग्गाको तथ्याङ्क संकलनका लागि नगरले ११ लाख ९२ हजार बढी बजेट विनियोजन गरी बुटवलको क्रियसन एजुकेश्नल कन्स्ट्रक्सन् लिमिटेसँग सम्झौता गरिएको उहाले बताउनुभयो । तथ्याङ्क संकलनको मंगलबार औपचारिक रुपमा सुभारम्भ भएको घोषणा गर्दै उप–महानगरका नगर प्रमुख सुवेदीले सबैमा सहयोगको अपेक्षा गर्नुभयो । तथ्याङ्क संकलनलाई विवाद रहित र न्यायपूर्ण बनाउनका लागि सामाजिक संघ–संस्था, जनता तथा जनप्रतिनीधीहरुलाई समेत आग्रह गर्नुभयो ।
देविनगरको एमाले चोकबाट सुरु भएको पहिलो चरणको तथ्याङ्क संकलनको काम रङ्गशालासम्म हुने छ । नगरभित्र कूल १६ हजार ५ सय घरधुरी अव्यवस्थित तथा सुकुम्बासी रहेकोमा वडा नम्बर ११ देविनगरमा सबैभन्दा बढी ६ हजार ५ सय घर–धुरी सुकुम्बासी तथा अब्यवस्थित बसोबास गर्नेहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रोल्पा दुर्घटना अपडेटः मृतकको संख्या २० पुग्यो, उद्धार जारी

अध्यादेश फिर्ता गर्न माग ः एमाले नेता , सुमित्रा , कांग्रेस नेता, दामोदर , रास्वपा नेता , पाण्डे । भिडियो

सम्बन्धित

गाडीको साँचो, लाइसेन्स वा ब्लुबुक नखोस्न ट्राफिक प्रहरीका नाममा निर्देशनात्मक आदेश

ट्रम्पका विशेष दूत सर्जियो गोर काठमाडौँमा, प्रधानमन्त्री शाहले नभेट्ने

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी र सार्वजनिक खरिद अध्यादेश जारी

रोल्पा दुर्घटना अपडेटः मृतकको संख्या २० पुग्यो, उद्धार जारी

सुकुम्बासी संघ आन्दोलनमा, राजमार्गमा चक्काजाम र आमहड्तालको घोषणा

नेपाल एयरलाइन्सले भारतको भूभागलाई पाकिस्तानमा राखेपछि आलोचना, माफी माग्दै हटायो नक्सा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com