ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुरक्षित सडक यात्राको नीति कडाइका साथ कार्यान्वयन गरिने– मन्त्री कार्की


admin

 

काठमाडौं, ८ पुस । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सडक दुर्घटना न्यूनीकरण गर्न सबैले अनुशासित भएर ट्राफिक नियमको पालन गर्नुपर्ने बताउनुभएको छ ।

मन्त्रालयद्वारा आज यहाँ आयोजित सुरक्षित यात्राका लागि सडक सुशासनसम्बन्धी अन्तरक्रियामा उहाँले दुर्घटनाबाट हुने जनधनको क्षति न्यून गर्न सबै सरोकार पक्षले जिम्मेवारीपूर्वक कार्य गर्न निर्देशन दिनुभयो ।मन्त्री कार्कीले अन्तरक्रियामा आएका सुझावलाई निष्कर्षमा निकाली आगामी १० दिनभित्र मन्त्रिपरिषद्को बैठकबाट प्रतिवेदन पास गरी प्रदेश राजपत्रमा प्रकाशित गर्नाका साथै यसलाई सार्वजनिक गरी कडाइका साथ नीति कार्यान्वयन गरिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

बढ्दो सडक दुर्घटनाबाट हुने मृत्युले चिन्तित तुल्याएको छ भन्दै उहाँले सडक यात्रालाई भरपर्दो र सुरक्षित बनाउने दायित्व हामी सबैको हो बताउनुभयो ।मन्त्री कार्कीले नेपाल भ्रमण वर्षमा सडक यात्रा क्षेत्रलाई सुरक्षित बनाउन सरकारको नीतिनियमलाई पालना गर्नुपर्ने उल्लेख गर्दै जनचेतना जागृत गराउन आ–आफ्नो क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सबैमा आग्रह गर्नुभयो । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सुरक्षित सडक यात्रालाई नगरपालिकाले कञ्चनवारी, बरगाछी, घाँस चौकमा आकाशेपुल, विराटनगर रानी भन्सार क्षेत्रमा स्वागत गेटसहितको आकाशे पुलका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार गराएको जानकारी दिनुभयो ।

मन्त्रालयका सचिव राजन रेग्मी, उपसचिव कमल थापा, इटहरी उपमहानगरपालिकाका उपप्रमुख मञ्जु भण्डारी, नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश उपाध्यक्ष राजेन्द्र राउत, झापाका प्रजिअ उदय रानामगर, यातायात महासङघ प्रदेश अध्यक्ष सरोज श्रेष्ठ, उपभोक्त मञ्चका उत्तम ढुङ्गेल, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख विश्व अधिकारी, यातायात कार्यालय सुनसरीका प्रमुख विन्दा नेपाल, पर्यटन व्यवसायीहरु पुण्य भट्टराई र भविष श्रेष्ठ, सञ्चारकर्मीहरु गणेश लम्साल र मोहन मानन्धरले सवारी चालक सहज वितरण हुनुपर्ने, कानूनको पालना हुनुपर्ने, सडकमा सवारी राख्न नियन्त्रण गर्नुपर्ने, ट्राफिक प्रहरी सङ्ख्यामा वृद्धि गर्नुपर्ने, जेब्राक्रस स्पष्ट देखिनुपर्ने, सवारी साधनको यान्त्रीकरण जाँचको अनुगमन गर्नुपर्ने, टाइम कार्ड लागू गर्नुपर्ने, तीनपाङग्रे सवारीको आवश्यकता हेरी सञ्चालनको अनुमति दिनुपर्ने, सार्वजनिक सवारी साधनको प्रयोगमा जोड दिनुपर्नेलगायत सुझाव दिएको थियो ।

प्रदेश ट्राफिक कार्यालयका प्रमुख भीम दाहालले सडक सुरक्षासम्बन्धी नियम र यातायात कार्यालयका निर्देशक भीम गौतमले यातायात कार्यालयको अवस्थासम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।सो अवसरमा मन्त्रालयका उपसचिव कमल थापाको संयोजकमा १७ सदस्यीय आवश्यक सुझाव सङ्कलन कार्यदल समितिसमेत गठन गरिएको छ । कार्यदलमा भौतिक पूर्वाधार मन्त्रालय, यातायात कार्यालय, जिल्ला प्रशासन कार्यालय, यान्त्रिक कार्यालय, सङ्घीय उदड कार्यालय, नेपाल उद्योग वाणिज्य महासंघ, यातायात व्यवस्थान कार्यालय, विराटनगर महानगरपालिका, यातायात मजदूर, उपभोक्ता हकहितलगायत रहेका छन् ।

कार्यदलले आगामी १९ गते हुने बृहत् बैठकमा सुझाव सार्वजनिक गरी दुई दिनपछि सुरक्षित सडक यात्राका लागि तयार गरिएको नीतिनियम कडाइका साथ पालना गरिने सोही अवसरमा बताइयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

सम्बन्धित

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com