ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • रिपोर्ट
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भरतपुर महानगरपालिकाभित्रै युवती बन्धक बनाएर देहव्यापार


admin
पुस १, २०७६ मंगलबार  ६ : ४८ बजे

भरतपुर , १ पुस । भरतपुर महानगरपालिकाभित्रै बन्धक बनाएर एक युवती र एक किशोरीलाई देहव्यापारमा सङ्लग्न गराएको खुल्न आएको छ । जिल्ला प्रहरी कार्यालयले सोमबार यहाँ पत्रकार सम्मेलन आयोजना गरी पक्राउ परेकालाई सार्वजनिकसमेत गरेको छ ।

फिल्मी शैलीमा होटलमा लुकाएर उनीहरुलाई देहव्यापारमा लगाएको पाइएको छ । वडा नं २९ मा रहेको होटल खोटाङ हलेसी एण्ड सगरमाथा गेष्टहाउसका सञ्चालकले काठमाडौँबाट हराएका एक युवती र एक किशोरीलाई देहव्यापारमा लगाएको प्रहरीले जनाएको छ । गत कात्तिक २७ गते काठमाडौँबाट हराएका एक युवती र किशोरीलाई त्यहाँ ल्याएर देहव्यापारमा लगाइएको हो । काठमाडौँमा कोठा भाडा गरी बस्ने २२ वर्षीया युवती र १४ वर्षीया किशोरीलाई काठमाडौँबाट चितवनसम्म ल्याउने काम धरानकी युवतीले गरेको खुलेको छ । ती दुईलाई एउटा बन्द कोठामा राखेर देहव्यापार गराइएको थियो । पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार उनीहरुले घरमा सन्देश पठाएपछि प्रहरीले सो होटलमा छापा मारेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार पटक–पटक होटलमा खानतलासी गर्दासमेत उनीहरुलाई फेला पार्न सकिएको थिएन ।

प्रहरीको निगरानीपछि उनीहरुलाई मुग्लिनतर्फ लैजाने क्रममा पक्राउ गरिएको मल्लले जानकारी दिनुभयो । उनीहरुले पक्राउपछि सोही होटलमा देहव्यापारमा लगाएको जनाएका थिए । त्यसपछि उनीहरुसहित प्रहरी होटल पुगेर हेर्दा अन्धकार कोठामा राखेर देहव्यापारमा लगाइएको पाइएको मल्लले बताउनुभयो । प्रहरीले होटलका सञ्चालक ५० वर्षीय जङ्गबहादुर क्षेत्री, उनकी श्रीमती ३९ वर्षीया निर्मला थापा र धरान उपमहानगरपालिकाकी २४ वर्षीया रेसिका राईलाई पक्राउ गरेको छ । पक्राउ परेका तीनै जनालाई मानव बेचबिखन तथा ओसारपोसार मुद्दामा अनुसन्धानका लागि सरकारी वकिल कार्यालयमार्फत पाँच दिनको समय थप गरी अनुसन्धान शुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भारतमा १० दिनभित्रै चौथो पटक इन्धनको मूल्य वृद्धिः नयाँ दिल्लीमा पेट्रोलको मूल्य १०० रुपैयाँ नाघ्यो

राष्ट्रपति पौडेलको आग्रह : सगरमाथाको प्राकृतिक स्वरूप जोगाऔं, जलवायु संकट सामना गरौं

सम्बन्धित

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

आज सातै प्रदेशमा वर्षाको सम्भावना, केही स्थानमा हावाहुरी चल्ने

बयारपट्टी छोटी भन्सार हटाउने निर्णयविरुद्ध प्रधानमन्त्रीको पुतला दहन

मधेस प्रदेशः नवनियुक्त ५ मन्त्रीले लिए शपथ

सिंहदरबार प्रवेश गरेर होहल्ला गरेको आरोपमा एक जना पक्राउ

वीरगञ्जका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com