ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किन मलेसियामा हराउँछन् सबैभन्दा बढी नेपाली ?


admin
मंसिर ३०, २०७६ सोमबार  ८ : २१ बजे

काठमाडौं, ३० मंसिर । वैदेशिक रोजगारीमा गएकामध्ये मलेसिया पुगेका नेपाली परिवारको सम्पर्कबाट टाढा हुने गरेको एक अध्ययनले देखाएको छ ।

आप्रवासी कामदारको हक, अधिकारको क्षेत्रमा क्रियाशील प्रवासी नेपाली समन्वय समिति ९पिएनसिसी० मा पछिल्लो ६ वर्षको अवधिमा परेको उजुरीअनुसार वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा पुगेकामध्ये २०० नेपाली परिवारको सम्पर्क बाहिर छन् । साउदी अरेबियाबाट ६७, कुबेतबाट ४६, संयुक्त अरब इमिरेट्सबाट ३२, कतारबाट २२ र अन्य मुलुक पुगेका ३० नेपाली परिवारको सम्पर्कमा छैनन् । वैदेशिक रोजगारीको क्रममा विभिन्न मुद्दामा जेल पर्नु, पे्रम सम्बन्ध, पारिवारिक मनमुटाव, रोजगारीकै क्रममा विदेशमा मृत्यु, दुर्घटनामा पर्नु, घरेलु कामदारको हकमा रोजगारदाताले बन्दी बनाउनु, व्यक्तिगत चाहनालगायत कारणबाट विदेशिएका नेपाली परिवारको सम्पर्कमा नआएका पिएनसिसीका कार्यक्रम संयोजक शान्ति सिंह बताउनुहुन्छ ।

पछिल्लो ६ वर्षको अवधिमा वैदेशिक रोजगारीमा गएर परिवारको सम्पर्कबाहिर पुगेका ३८८ व्यक्तिका परिवारले खोजी गरिदिन पिएनसिसीलाई आग्रह गरेका थिए । सो अवधिमा २३१ कामदार परिवारको सम्पर्कमा आइसकेका छन् । यस्तै १०४ कामदारको खोजी भइरहेको संयोजक सिंह बताउनुहुन्छ । ५३ कामदारको अवस्था अज्ञात रहेकाले खोजी प्रक्रिया स्थगित गरिएको छ । हराएको ३८८ मध्ये ३१३ पुरुष र ७५ महिला रहेका थिए । सबैभन्दा बढी नवलपरासीबाट वैदेशिक रोजागरीमा गएका ८४ आप्रवासी कामदार परिवारको सम्पर्क बाहिर रहेका छन् । यस्तै कैलाली २२, धनुषा २१, धादिङ र सिन्धुपाल्चोक २०÷२०, सर्लाही १९, उदयपुर १५, सुनसरी १४, सप्तरी र नुवाकोट १३÷१३ तथा अन्य जिल्लाका १४७ नेपाली परिवारको सम्पर्क बाहिर रहेका छन् ।

परिवारको सम्पर्क बाहिर रहेका आप्रवासी नेपाली कामदारको अवस्था पत्ता लगाउन सम्बन्धित मुलुकमा रहेको सरकारी तथा गैरसरकारी संस्थासँग समन्वय गरिएको उहाँको भनाइ छ । वैदेशिक रोजागरीमा रहेर परिवारको सम्पर्क बाहिर पुगेको आप्रवासी कामदारलाई गन्तव्य मुलुकमा रहेको नेपाली दूतावास, कन्सुल सेवा विभाग, उनीहरुको वृत्तचित्र, फोटोलगायतको माध्यमबाट खोजी गरिने संयोजक सिंह बताउनुहुन्छ । विदेशी भूमिमा हराइरहेको कामदारका बारेमा पर्याप्त विवरण नहुँदा खोजीकार्यमा चुनौती हुने गरेको छ । यस्तै कतिपय कामदार स्वेच्छाले सम्पर्कमा आउन नचाहँदा पनि खोजीकार्य गर्न अप्ठयारो हुने गरेको छ ।

कामको सिलसिलामा विभिन्न मुलुक पुगेका आप्रवासी कामदारका विस्तृत जानकारीसहितको तथ्याङ्क सङ्कलन प्रणाली स्थापना गर्न पिएसिसीले सरकारलाई सुझाव दिएको छ । यस्तै पूर्वप्रस्थान अभिमुखीकरण तालीममा कामदार हराउनु वा सम्पर्कमा नआउनुका कारणका बारेमा जानकारी दिनुपर्नेमा जोड दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आजदेखि १८ गतेसम्म चुनावी प्रचार गर्न पाइने, आचारसंहिता पालना गर्न आयोगको निर्देशन

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुतिः नियमित अभ्यास कि हस्तक्षेपको जाल? जंगी अड्डाको स्पष्टिकरणले के भन्छ ?

सम्बन्धित

तराईमा दिउँसोसम्म हुस्सु र कुहिरो लाग्ने, पहाडी तथा हिमाली भेगमा आंशिक बदली

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा महाशिवरात्रिमा पशुपतिनाथ दर्शन

पेट्रोल, डिजेल/मट्टीतेलको मूल्य बढाइयो

निर्वाचन प्रचार–प्रसारका लागि १५ दिन समय, फागुन १८ देखि ‘मौन अवधि’

नेपाललाई पराजित गर्दै वेस्ट इन्डिज क्रिकेट टोली ‘सुपर एट’ मा

नेपालमा पनि बंगलादेशको जस्तै चुनावी परिणाम आउँछः अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com