ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हिमपातले कत्तै खुशी, कतै बेखुशी


एबीसी न्यूज


काठमाडौं, २८ मंसिर । कर्णाली प्रदेशका हिमाली जिल्लामा भारी हिमपात भइरहदा कतै खुशी थपिएको छ भने कतैका नागरिक वेखुशी भएका छन् ।

जाजरकोट, डोल्पा, जुम्ला, हुम्ला र मुगुमा भारी हिमपात भएपछि यहाँ परीक्षा अवरुद्ध हुँदा विद्यार्थी दुःखी भएका छन् । डोल्पा ठुली भेरी नगरपालिका कुम्लीस्थित विद्यालयका शिक्षक जयकृष्ण हमाल भन्नुहुन्छ, “हिमपातले पूरै दिन पढाइ नहुने डोल्पामा आधा पढेर परीक्षा दिने विद्यार्थीले जाँच नै दिन प्रकृतिले पनि अवरोध गरेको छ ।” ठूलीभेरी नगरपालिकाअन्तर्गत पर्ने एउटा आधारभूत र चार वटा माध्यमिक विद्यालयको वार्षिक परीक्षा स्थगन भएको ठूलीभेरी नगरपालिकाका शिक्षा शाखा प्रमुख दिलप्रसाद रोकायले जानकारी दिनुभयो ।

पुस र माघमा भारी हिमपात हुने भएकाले वार्षिक परीक्षा सम्पन्न गरेर दुई महिनाका लागि सम्पूर्ण विद्यालय बन्द हुने गर्दछ । विद्यार्थी आगो बालेर परीक्षा दिन प्रयास गरे पनि सफल नभएपछि स्थगित गरिएको हो । जुफालस्थित विमानस्थल हवाई सेवा अवरुद्ध भएकाले यात्रुहरुलाई समस्या भएको छ । हुम्ला र जुम्लामा समेत हवाई सेवा अवरुद्ध भएको छ । जुफाल विमानस्थलमा गएको समिट एयरको जहाज नेपालगञ्ज फर्कन नसक्दा विमानस्थलमै रोकिएको छ ।

त्यस्तै जाजरकोटको बारेकोट गाउँपालिका, जुनिचाँदे गाउँपालिका, कुशे गाउँपालिकामा भारी हिमपात भएको छ । हिमपातका कारण यो क्षेत्रमा विद्यालय र सरकारी कार्यालयको कामसमेत ठप्प भएको छ ।

उता कृषकहरु भने खुशी भएका छन् । आकाशे पानीको भरमा लगाएको गहुँ, जौउ, तरकारीबाली हिमपातका कारण सप्रिने भएपछि कृषकहरु खुशी भएका हुन् । जिल्लाका सातै वटा स्थानीय तहका स्थानीयवासी पानी परेका कारण हिउँदेवाली सप्रिने भन्दै खुशी भएको बारेकोट गाउँपालिकास्थित वीरेन्द्र ऐश्वर्य माविका प्रधानाध्यापक गोरखबहादुर सिंहले जानकारी दिनुभयो । जाजरकोटका गाउँगाउँमा फोन सेवासमेत अवरुद्ध भएको छ ।

जाजरकोट, डोल्पाका आन्तरिक सडक हिमपातले गर्दा अवरुद्ध भएको स्थानीय सरकारका प्रमुुखले बताएका छन् । उपल्लो डोल्पामा हिमपात अत्यधिक मात्रामा भएका कारण स्थानीयवासीहरु घरदेखि बाहिर निस्किन सकेका छैनन् । पिउने पानीसमेत जमेका कारण हिउँ तताएर पगाली पानी प्रयोग गर्न बाध्य भएको स्थानीयले बताएका छन् ।

लगातार केही दिनदेखि बादल लागेका कारण ग्रामीण क्षेत्रमा रहेका टावरमा सौर्यऊर्जा ‘चार्ज’ नहुँदा टावर अवरुद्ध भएका हुन् । यातायातको पहुँच नभएको ठाउँमा सञ्चालन हुने घोडा, खच्चडसमेत बिहानैदेखि लगातार पानी परेका कारण रोकिएको नलगाड नगरपालिका नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिनुभयो ।

त्यस्तै सुर्खेतको सिम्ता गाउँपालिका–१ बाँखर्क र रोगारया बीच पर्ने मुलागल्पा पहिरो जाँदा छिन्चु – जाजरकोट सडक अवरुद्ध भएको छ । शुक्रबार बिहानदेखि परेको वर्षाका कारण पहिरो जाँदा दलबहादुर परियारको घरसमेत जोखिममा परेको छ । उक्त स्थानमा गएको पहिरो हटाउन सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीसहित गाउँपालिकाको टिम जुटेको प्रहरीले जनाएको छ ।

त्यस्तै स्थानीय प्रशासनले विपत प्रतिकार्य योजनालाई कडाइका साथ लागू गर्न आग्रह गरेका छन् । स्थानीय सरकारसँग समन्वय गरेर चिसोकै कारण कसैको पनि अकालमै ज्यान नजावस भनि हिमाली जिल्लाहरुमा उच्च सर्तकतामा रहन आग्रह गरिएको छ । समस्या भएको ठाउँमा तत्काल राहत र न्यानो कपडा वितरण गर्नसमेत आग्रह गरिएको छ ।

भीमदत्त राजमार्ग अवरुद्ध

डोटी – लगातारको वर्षासँगै परेको हिमपातका कारण सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला जोड्ने एकमात्र पहाडी राजमार्ग भीमदत्तराजमार्ग अबरुद्ध भएको छ । हिमपातका कारण भीमदत्त राजमार्गको साहुखर्क सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा एसपी दिलीपसिंह देउवाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बाक्लो हिमपातका कारण राजमार्ग अवरुद्ध भएको छ, अवरुद्ध राजमार्ग खोल्नका लागि दिपायलबाट डोजर पठाएका छौँ, अलि हिमपात पर्न रोकिए खुल्न सक्छ ।” हिमपातले राजमार्ग अवरुद्ध हुँदा पहाडदेखि तराई जाने तथा तराईबाट पहाडका लागि आउँदै गरेका सयौँ यातायातका साधन तथा यात्रुहरु अलपत्रमा परेका छन् । अहिले उक्त राजमार्गमा कम्तिमा पनि दुई फिट जति हिउँ परेको प्रहरीले जनाएको छ । हिमपातका कारण त्यहाँको जनजीवनसमेत प्रभावित बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com