ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विज्ञापन व्यवसायीलाई करको दायरामा ल्याउन कानून


admin

काठमाडौं, २७ मंसिर । प्रदेश नं ५ सरकारले प्रदेशका विभिन्न जिल्लाका प्रदेश सरकार मातहतका अस्पतालमा बिकास समिति निर्माण गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले प्रदेशअन्तर्गतका जिल्ला अस्पतालमा अध्यक्ष तथा महिला सदस्य नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्को बैठकले बर्दिया जिल्ला अस्पतालको अध्यक्षमा गुलरिया नगरपालिका–६ का अङ्गद श्रेष्ठ र महिला सदस्यमा मोहनकुमारी फुयाँललाई नियुक्त गर्ने निर्णय गरेको मन्त्री गिरीले जानकारी दिनुभयो । यस्तै पाल्पाको रामपुर अस्पतालको अध्यक्षमा रामपुर नगरपालिका–३ का बासुदेव शर्मा र महिला सदस्यमा ईश्वरीदेवी खनाललाई र तानसेनस्थित तानसेन अस्पतालको अध्यक्षमा तानसेन नगरपालिका–१४ का नेत्रप्रसाद पाण्डे र महिला सदस्यमा तानसेन नगरपालिका–४ की सुशीलादेवी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरिएको छ । साथै, नवलपरासीको पृथ्बीचन्द्र अस्पतालको महिला सदस्यमा सरिता पौडेल नियुक्त हुनुभएको छ । यस्तै बैठकले प्रदेश सरकारको पर्यटन मन्त्रालयअन्तर्गतको रुपन्देहीको सिद्धार्थनगरमा र बाँकेको कोहलपुरमा पर्यटन कार्यालय स्थापना गरी एक जना उपसचिवको नेतृत्वमा सात/सात जना कर्मचारी रहने व्यवस्थासमेत गरेको मन्त्री गिरीले जानकारी दिनुभयो ।

बैठकले प्रदेशमा जुनसुकै प्रकृतिको विज्ञापन व्यवसाय गर्ने व्यवसायीलाई करको दायरामा ल्याउन विज्ञापन तथा तत्सम्बन्धी व्यवसायको नियमन गर्न र विज्ञापन सङ्कलन गर्न बनेको नियमावलीलाई स्वीकृत गर्ने निर्णय गरेको छ । यो नियमावली स्वीकृतसँगै अब प्रदेश सरकारले विज्ञापन व्यवसायमा कर निर्धारण र सङ्कलन गर्न स्थानीय तहलाई बाटो खुला भएको छ । स्थानीय तहले यसबापत सङ्कलन गरेको जम्मा करको ६० प्रतिशत आफूले राखेर ४० प्रतिशत प्रदेश सरकारलाई पठाउनुपर्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com