ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१६ औं राष्ट्रिय ज्यापु दिवसको अवशरमा कलाकार सुरेन्द्र महर्जन लगाएत विभिन्न श्रष्ट्राहरु सम्मानित


एबीसी न्यूज


काठमाडौं, २७ मंसिर  । १६ औं राष्ट्रिय ज्यापु दिवस तथा य: मरि पुन्हीको उपलक्ष्यमा नगद पुरस्कार, पदक तथा विशेष सम्मान वितरण कार्यक्रम राजधानीमा प्रमुख अथिति उप-प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको आथित्यमा सम्पन्न भएको छ ।

यसै अवसरमा कवि, गीतकार, गायक, चित्रकार, कलाकार सुरेन्द्र महर्जन ”अमर” विषेश सम्मानबाट सम्मानित हुनु भएको छ । मंगल सिंहको सभापतित्वमा सम्पन्न कार्यक्रम भब्य सभ्य रूपमा उपत्यकाको परिक्रमा गरि बषन्तपुरमा गएर सभामा परिणत भएको थियो ।

हरेक बर्ष लाखौंको नेवारहरूको सहभागितामा राजधानीमा यसैगरी ज्यापु दिवस मनाउने गरिन्छ । कार्यक्रम राजधानीको वषन्तपुरमा हजारौं हजार नेवारहरूको सहभागी रहेको थियो । नेवारी भेष भुषाले सुसज्जित कार्यक्रमको रौनक नै बेग्लै देखिन्थ्यो भने नेवारी बाजागाजाका साथ र्‍यालीमा सहभागी नेवारहरू कार्यक्रम अवधिभर बाजागाजाबाट कार्यक्रम सुसज्जित रहेको थियोे ।

अतिथिहरू काठमाडौ महानगर पालिकाका मेयर विद्या सुन्दर शाक्य, कार्यक्रम संयोजक सन्त कुमार महर्जन, युवराज दुवाल, माननीय कृष्ण गोपाल, राजभाई डकर्मी आदि रहेको समारोहमा अन्य विद्याहरूमा ज्यापु बाल प्रतिभा पुरस्कार गुन्जन महर्जन, शिक्षामा जुजुमान महर्जन, खेलकुदमा सुनिता महर्जन र उज्ज्वल महर्जन, सांस्कृतिक/संगीतमा नरेश प्रजापति संचारमा लक्ष्मणमान डंगोल र रत्नकाजी महर्जन, कलामा मनिका डंगोल, समाजसेवामा सरिता महर्जन, सुवर्ण केसरी महर्जन, कृष्णलाल महर्जन, बाबु कृष्ण महर्जन, डा. मृगेन्द्रलाल सिंह, हरिराम जोशी, कृष्ण गोपाल श्रेष्ठ, देव नेवार, एस. पि प्रधान, सोम बहादुर श्रेष्ठ, डा. हिरामन प्रधान, जितेन्द्र लाल श्रेष्ठ ”रसिक” रत्नकेशरी प्रजापति, रत्नकाजी महर्जन, भाईराजा महर्जन, ज्ञानमाया महर्जन, जोगलाल महर्जन, नारायणकृष्ण महर्जन, बुद्धि बहादुर महर्जन, तुल्सी बहादुर घवा: पुर्णमान महर्जन र तिर्थनारायण महर्जन आदिलाई नगद पुरस्कार, पदक र विशेष सम्मानबाट सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com