ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनमा बद्री, विक्रम पाण्डेलाई सास्ती


एबीसी न्यूज
कार्तिक २८, २०७४ मंगलबार  ९ : ५५ बजे

भरतपुर चितवन २८ कात्तिक । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवनबाट उमेदबार बनेपछि सबैभन्दा बढी चुनावी चर्चा फेरि एकपटक भरतपुर बनेको छ । फेरि एक पटक किन भने स्थानीय तहको चुनावमा प्रचण्ड पुत्री रेणुदाहाल मेयरको उमेदबार बनेपछि चर्चित बनेको थियो । अझ रमाइलो के भएको छ भने तिनै रेणु दहालसंग राप्रपाबाट प्रतिस्पर्धा गरेका बद्री तिमिल्सेना चितवनका लागि प्रचण्ड आवश्यक रहेको भन्दै माओवादी प्रवेश गरेका छन् । उनले भरतपुर मनपाको चुनावमा आठ हजारभन्दा बढी मत ल्याएका थिए । उनी माओवादीमा प्रवेश मात्र गरेका छैनन् । हरेक दिन कांग्रेस र राप्रपाबाट माओवादीमा प्रवेश गराउने र प्रचण्ड जिताउ अभियानमा लाग्नेहरुको लाम नै लगाईदिएका छन् ।
बद्री तिमिल्सेना ०३६ सालदेखि पञ्चायतको राजनीतिमा संलग्न भएर कमल थापाहरुसंगैका अनेक घटनामा काम गर्दै आएका चितवनका चर्चित राजनीतिक कार्यकर्ता पनि हुन् । त्यतिमात्र हैन प्रचण्डसंग प्रतिस्पर्धा गरिरहेका राप्रपाका विक्रम पाण्डेका दाहिने हात र राप्रपाको जिल्ला अध्यक्ष नै थिए । बद्री भन्छन् म विना शर्त प्रचण्ड जिताउ अभियानमा लागें । राप्रपाले पटक पटक यता र उतामात्र गरेन प्रचण्ड जस्तो राष्टिय नेता चितवन चुनाव लड्न आएका बेला म किन विक्रम पाण्डेको पर्चा बोेकेर हिंड्ने भन्ने मनमा खेल्यो । अनि मैले प्रचण्डलाई भेटेर भने म अव तपाईंको भएं । प्रचण्ड भावुक हुनु भयो ।
आफ्नो ३८ वर्षे पञ्चायती पृष्ठभूमिको राजनीति गर्दा पनि सामाजिक सक्रिय कार्यकर्ताको हैसियत बनाएका बद्रीले आफ्नो जीवनकालमा अनेक प्रधानमन्त्रीलाई कांधमा बोके । धेरैलाई बैतरणी तारे । धेरैको शाख जोगाइदिए । तर यति नै बेला गणतान्त्रिक आन्दोलनको अगुवाको प्रचारक बन्न सजिलै कसरी तयार भए ? बद्री भन्छन् कतिपयले मलाई प्रचण्डले के के दिएर लग्यो भन्छन् तर मलाई प्रचण्डले लगेका होइनन् म नै प्रचण्डकहां गएको हुं । अनि मैले के माग्ने ? किन माग्ने ? मेरो एकमात्र अर्जुनदृष्टि छ प्रचण्डलाई जिताउने । चितवनका लागि देशको नेतृत्व गर्ने जनप्रतिनिधि छ भनेर गौरव गर्न पाए मलाई पुग्छ । एबीसीसंगको कुराकानीमा पनि बद्रीले भने प्रचण्डले कम्तीमा १५ हजारभन्दा बढी मतले जित्ने निश्चित छ । चितवन बुद्धिजीवीहरुको समेत जिल्ला भएकाले सबैले प्रचण्डलाई जनप्रतिनिधि बनाउने निर्णय गरिसकेका छन् ।
बद्री माओवादी भएकोमा माओवादीमा भन्दा बढी चोक चोक र कांग्रेस बृतमा बढी चर्चा छ । हंसमुख र जतिबेला पनि जसका लागि पनि उपलव्ध हुने बद्रीको स्वाभाव नै सबैलाई प्रभावित गर्ने तत्व हो । शायद प्रचण्डलाई पनि यही बानीले लोभ्यायो कि ?
बद्रीको एकमात्र चिन्ता जो कोही भेटे पनि प्रचण्डको पक्षमा समर्थन जुटाउने र विभिन्न पार्टीका बुढापाकादेखि युवासम्मलाई प्रचण्डसम्म पुर्याउने काममा भ्याइनभ्याई छ । हामीले मंगलबार विहान प्रचण्डसंग कुरा गरिरहेका बेला पनि बद्रीले एकजना ८७ बर्षिय पुराना राजनीज्ञिसंग प्रचण्डलाई फोन गराइरहेका थिए ।
अझ रमाईलो त के रहेछ भने जुन दिन बद्री माओवादी प्रवेश गर्दै थिए, त्यही दिन विहान लावालस्कर सहित विक्रम पाण्डे गएर अनुनय विनय गरेछन् । पुसदेखिबाट राजनीतिक नियुक्ति दिने आश्वासन दिएछन् । उनलाई झन झोक चलेछ । उनले पाण्डेलाई तपाईं जानुस् म तपाईंको कार्यक्रममा आउंछु भन्दै हस्पिटलको बाटो हुंदै माडीको सभामा गएर प्रचण्डका हातको टिका लगाएछन् । त्यो भिडियो सबैभन्दा बढी भाइरल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओलीलाई समवेदना दिन गुण्डु पुगिन् प्रधानमन्त्री कार्की

रास्वपा, कांग्रेस र नेकपाको बैठक आज

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com