ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

के तपाईले मगन्ते पेशा अपनाउनुभएको छ ? अब छोडिहाल्नुस्, नत्र कारवाहीमा परिएला!!


admin
मंसिर २४, २०७६ मंगलबार  १२ : ५९ बजे

काठमाडौं, २४ मंसिर । के तपाईले काठमाडौँ महानगरपालिकाभित्र असहायलाई प्रयोग गरी मगन्ते पेशा अपनाउनुभएको छ ? अथवा मगन्ते बनी बसिरहनुभएको छ ? अब पेशा छोडिहाल्नुस् । नत्र कारवाहीमा परिएला । महानरपलिकाले आज तीन दिनभित्र यस्ता गतिविधि रोक्न सार्वजनिक अपिल जारी गरेको छ । कामपाले माग्ने पेशा नरोके कारवाही गर्ने चेतावनी समेत दिएको छ ।

मुलुकी अपराध संहितामा सडक, गल्ली, उद्यान, सवारी बिसौनीस्थल, सरकारी कार्यालय, कार्यालयको परिसर र सार्वजनिक सवारी साधनमा भिक्षा माग्न वा माग्न लगाउन नहुने उल्लेख छ । भिक्षा माग्नेलाई अधिकतम दुई महिना कैद र रु दुई हजारसम्म जरिवाना तथा माग्न लगाउनेलाई तीन वर्ष कैद र रु ३० हजारसम्म जरिवाना हुने संहितामा रहेको छ ।

कामपा प्रमुख विद्यासुन्दर शाक्य भन्नुहुन्छ, “माग्ने पेशा गर्न नपाइने कानूनलाई कार्यान्वयन गर्न लागेका छौँ, माग्ने पेशा बनाउनेलाई हटाउँछौँ, एक छाक खान नपाएर सडकमा बस्नुपर्ने बाध्यता भएकाको संरक्षण गर्नेछौँ ।” उहाँका अनुसार वास्तविक, असहाय, बेसहारा तथा सहयोगापेक्षीहरुलाई उद्धार गरी मानवसेवा आश्रममा लगेर संरक्षण गरिने छ । उनीहरुमध्ये परिवार पत्ता लागेकालाई पुनःमिलन गराइने छ । उक्त कार्यमा कामपाले आश्रमसँग सहकार्य गरेको प्रमुख शाक्यले जानकारी दिनुभयो ।

कामपाले कानूनले निषेध गरेको भिक्षा माग्ने पेशा नअपनाउन र अपनाए कारवाही गर्ने चेतावनीसहित सूचना जारी गरेको छ । नेपालको संविधानमा प्रत्येक नागरिकलाई खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने मौलिक हकको व्यवस्था रहेको छ । प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुने र आफ्नो हेरचाह आफैँ गर्न नसक्ने नागरिकलाई कानूनबमोजिम सामाजिक सुरक्षाको हक हुने स्पष्ट व्यवस्था छ । कानून कार्यान्वयन गर्ने काम स्थानीय तहको हो । महानगर, मानवसेवा आश्रम, जिल्ला प्रशासन कार्यालय, काठमाडौँ, नेपाल प्रहरी र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पाँचपक्षीय सम्झौता गरेर संयुक्त रुपमा अभियान अघि बढाउँदै छन् । अभियानका लागि ‘भोकै कोही पर्दैनन्, भोकले कोही मर्दैनन्’ भन्ने नारा तय गरिएको छ ।

यही मङ्सिर २९ गते कामपा दिवसको अवसरमा बेसहारा, अभिभावकविहीन, सहयोगापेक्षी सडक आश्रित मानवरहित काठमाडौँ महानगर बनाउने अभियानको घोषण गर्न लागिएको छ । पहिलो चरणमा उनीहरुलाई राख्न बालाजुमा ‘अस्थायी आवास केन्द्र’ स्थापना गरिएको छ । कामपाले उद्धार गरेर राखिएकाहरुमध्ये वास्तविक बेसहारा, पेशेवर मगन्ते, र मदिरा खाएर सडकमा पुग्ने व्यक्तिहरुको पहिचानका लागि बालाजुको भवनलाई छनोट केन्द्र्र स्क्रिनिङ सेन्टर बनाएको छ । त्यसपछि बेसहाराहरुलाई संरक्षण दिइने र अन्यलाई सडकमा बस्न नदिने गरी कार्यक्रम चलाइने छ । आगामी तीन महिनामा एक छाक खान नपाएर सडकमा बस्ने अवस्था अन्त्य गरिसक्ने योजना छ । मानवसेवा आश्रमसँगको सहकार्यमा शुरु गरिएको सहयोगापेक्षी सडक मानवमुक्त अभियानका पहिलो चरणमा अहिले प्रचारात्मक कार्यक्रमहरु जारी रहेको छ । हरेक दिनजसो सडकको अवस्था अध्ययन गर्ने, कहाँ कति बेसहारा, पेशेवर मगन्ते र सडकमा सुत्ने मजदुर रहेका छन्, तिनको पहिचानको काम जारी रहेको आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो ।

अभियान सञ्चालनका लागि विभिन्न क्षेत्रका प्रतिनिधिसँग सुझाव सङ्कलन जारी छ । उक्त अभियान कार्यान्वयन उपसमितिका संयोजक गुजेश्वरी श्रेष्ठ महानगरको अभियानमा जोडिएर कार्यक्रम सफल पार्न नगरवासीहरुलाई अनुरोध गर्नुहुन्छ ।यसअघि आश्रमकै पहलमा विसं २०७४ फागुन ४ गते मकवानपुर जिल्ला र कात्तिक ९ गते भरतपुर असहायमुक्त महानगर बनाइएको छ । सोही वर्षको चैत ५ गते गोरखा नगरपालिका र चैत २० गते पशुपति क्षेत्रलाई मगन्तेरहित क्षेत्र घोषणा गरिएको थियो । विसं २०६९ मा आश्रम स्थापना भएको थियो । असहाय, बेवारिसे मनोरोगीहरुको उद्धार गरी पालनपोषण तथा स्वास्थ्योपचार गराउँदै आएको आश्रमले परिवार फेला परेकाहरुलाई पुनःमिलन गराउँदै आएको छ ।

पन्ध्र जिल्लाका १७ स्थानबाट सेवा थालेर अहिलेसम्म झण्डै ६०० लाई परिवारमा पुनःमिलन गराएको र हाल ८०० आश्रित रहेको जानकारी दिँदै आश्रमका अभियानकर्मी सुमन बर्तौलाले स्थानीय तहको सक्रियताले आफूहरुलाई हौसला मिलेको प्रतिक्रिया दिनुभयो । उक्त अभियानमा आश्रमका ११० अभियानकर्मी सक्रिय छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुमपूर्वमा प्रचण्डको ८४ घण्टे भावनात्मक यात्रा: जनयुद्धको पुरानो पदचापदेखि समाजवादको नयाँ सपनासम्म

आजदेखि १८ गतेसम्म चुनावी प्रचार गर्न पाइने, आचारसंहिता पालना गर्न आयोगको निर्देशन

सम्बन्धित

रुपन्देही–३ मा जसपा नेपालका उम्मेदवार एमाले प्रवेश

तराईमा दिउँसोसम्म हुस्सु र कुहिरो लाग्ने, पहाडी तथा हिमाली भेगमा आंशिक बदली

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा महाशिवरात्रिमा पशुपतिनाथ दर्शन

पेट्रोल, डिजेल/मट्टीतेलको मूल्य बढाइयो

निर्वाचन प्रचार–प्रसारका लागि १५ दिन समय, फागुन १८ देखि ‘मौन अवधि’

नेपाललाई पराजित गर्दै वेस्ट इन्डिज क्रिकेट टोली ‘सुपर एट’ मा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com