ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साग समापन : प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्सबाट सम्बोधन गर्ने, १४ औं सागका लागि पाकिस्तानलाई झन्डा हस्तान्तरण गरिने


एबीसी न्यूज


काठमाडौं, २३ मंसिर । दक्षिण एसियाली खेलकुदको भोलि समापन हुँदैछ। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले भव्यताका समापन कार्यक्रम आयोजना हुने बताउनुभएको छ ।
समापन कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फ्रेन्समार्फत् सम्बोधन गर्ने तयारी गरिएको छ। डेढ घण्टासम्म चल्ने समापन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो सन्देशबाट सम्बोधन गर्नुहुने छ भने त्यसको दोश्रो दिन बुधबार प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्नु हुँदै खेलाडीहरुका लागि प्रोत्साहन प्याकेज घोषणा गर्नुहुने छ ।

भोलि १२ बजे सांसद ११ र कर्मचारी ११ या प्रहरी ११ बीच फुटबल खेल हुने तयारीसमेत रहेको राखेप सदस्यसचिव सिलवालले जानकारी दिनुभयो । उहाका अनुसार त्यसपछि फुटबलको फाइनल खेल हुनेछ।

दशरथ रंगशालको १२ हजार क्षमता भए पनि ८ हजार मात्र टिकट बिक्री गरेको आयोजकले जनाएको छ । त्रिपुरेश्वरतर्फ एकपट्टि भुटान जोन छुट्याएको र नेपाली त्यहाँ जाने नमिल्ने समापन समारोहको योजनाबारे सुनाउँदै सदस्य सचिव सिलवालले भने। समापन समारोहमा कर्मचारीलाई पनि कार्डबिना प्रवेश नदिइने समेत सिलवालले बताउनुभयो ।

भोलि उत्तरपट्टिको सबै गेट बन्द रहनेछन्। पासको हकमा अत्यावश्यक बाहेक अरुलाई पास उपलब्ध नगरेको सिलवालले बताए। पूर्व फूटबल खेलाडी, मेडल जितेका खेलाडी लगायतलाई भने प्रवेशमा समस्या आयोजकले दावी गरेको छ । समापन समारोहका प्रमुख अतिथि उप प्रधान मन्त्री इश्वर पोखरेल हुनुहुने छ भने पोखरेलले खेललाई मात्र लिएर विशेष सम्वोधन गर्ने सिलवालले बताउनुभयो ।

‘स्पेसल प्याकेज। आउँछ,’ सिलवालले मुस्कुराउँदै भन्नुभयो । प्रधानमन्त्रिले आफ्नो सम्बोधनमा पदक बिजेता खेलाडीहरुलाई प्रोत्साहन प्याकेजको घोषणा समेत गर्नुहुने सदस्य सचिव शिलवालले जानकारी दिनुभयो। भोलिको लागि आर्मीको गेटबाट प्रवेश गर्नुपर्ने छ। भिआइपि पट्टि अलि स्ट्रिक हुने उहाँ भन्नुभयो ।

त्यस्तै, टिकेट पाउन नसकेकाहरुलाई ठूला स्क्रिन ठाउँठाउँमा व्यवस्था गरेको आयोजकले बताएको छ ।   समापन समारोह डेढ घन्टाभित्र सकिने सिलवालले जानकारी दिनुभयो। टिकट नपाएकाहरुलाई एलइडी र टीभिमा खेल हेरेर समर्थन गर्न समेत उहाँले आग्रह गर्नुभयो । औपचारिक कार्यक्रममा ४ वटा मन्तव्य पछि १४ औं सागका लागि पाकिस्तान हस्तान्तरण गरिनेछ। पाकिस्तानले चाहे आधा घन्टा कार्यक्रम हुने र नचाहे सांस्कृतिक कार्यक्रम शुरु हुनेछ। पाकिस्तानको ओलम्पिक कमिटी अध्यक्ष, शिक्षा सचिव लगायतका पदाधीकारी समापन समारोह र झन्डा हस्तान्तरणका लागि नेपाल आइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com