ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपाका सचिवालय बैठकका ७ निर्णय यस्ता छन्


एबीसी न्यूज
मंसिर २३, २०७६ सोमबार  ५ : ५६ बजे

काठमाडौं, २३ मंसिर । प्रधानमन्त्री एवं नेकपाका बरिष्ठ अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा बसेको पार्टीको सचिवालय बैठकले मंसिर २९ गते स्थायी कमिटीको बैठक बोलाउने गरी विभिन्न सातवटा निर्णय गरेको छ । बैठकले जिल्लाका विवाद मिलाउनेदेखि छिटफुट एकतालाई आगामी मंसिर २७ गते टुंग्याउनेसम्मका निर्णयहरु गरेको छ ।

  1.  बैठकले यसभन्दा अगाडि बसेको स्थायी कमिटीको निर्देशनलाई मान्दै पार्टी विधानमा केही संशोधनहरु गरेको छ । त्यो संशोधनका विषयमा स्थायी कमिटीको निर्देशनको अतिरिक्त यसअघि सचिवालय बैठकमा नै भएका कतिपय निर्णयहरुलाई पनि आधार बनाई संशोधन प्रस्ताव तयार गरिनेछ । यो प्रस्ताव स्थायी कमिटी र आवश्यकताअनुसार केन्द्रीय कमिटीमा पेश गरेपछि कार्यान्वयनमा जाने छ ।
  2.  गत बैठकले हालै सम्पन्न उपनिर्वाचनको समीक्षाका सन्दर्भमा सम्बन्धित पार्टी कमिटीहरुलाई समीक्षात्मक रिपोर्ट २२ गतेभित्र पठाउन भनिएकोमा केही सम्बिन्धत कमिटीहरुबाट रिपोर्ट अझै प्राप्त हुन नसकेकाले अब पाँच दिनभित्र रिपोर्ट सबै कमिटीहरुले अनिवार्य रुपमा पठाउनुपर्ने छ । त्यो रिपोर्ट प्राप्त भएपछि यस सम्बन्धमा औपचारिक प्रस्ताव छलफल र निर्णयका लागि महासचिव कामरेडले अर्को बैठकमा प्रस्तुत गर्ने निर्णय गरिएको छ ।
  3.  संगठन विभागका तर्फबाट एक कार्ययोजनासम्बन्धी प्रस्ताव प्रस्तुत गरिएको छ । उक्त प्रस्तावका बारेमा सचिवालयका कामरेडहरुले पार्टी अध्यक्षलाई सुझावहरु पेश गर्ने र ती सुझावहरुका बारेमा संगठन विभागसँग समेत परामर्श गरी अध्यक्ष कामरेडले उक्त प्रस्तावलाई पार्टीको सचिवालयको अर्को बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने ।
  4.  विभिन्न जिल्लाहरुमा संगठनात्मक क्षेत्रमा केही समस्याहरु देखा परेको सन्दर्भमा ती संगठनात्मक समस्याहरुको आवश्यक छानविन र समाधान गर्न केन्द्रीय संगठन विभागलाई जिम्मेवारी दिइएको छ ।
  5.  केन्द्रीय निकायहरु, अर्थात् केन्द्रीय सल्लाहकार कमिटी, केन्द्रीय निर्वाचन आयोग, ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय आयोगहरु र केन्द्रीय विभागहरुको पूर्णताका निम्ति प्रमुख र उपप्रमुखहरुले सात दिनभित्र त्यससम्बन्धी प्रस्ताव महासचिवमार्फत प्रस्तुत गर्ने र यसपछि बस्ने सचिवालयको बैठकले ती सबै निकाय र विभागहरुलाई पूर्णता दिने गरी निर्णय लिने ।
  6.  पार्टीको कर्णाली प्रदेशका सचिव कामरेड मायाप्रसाद शर्माले दिनुभएको राजीनामा अस्वीकार गरिएको छ । र, उहाँलाई यथावत काममा फर्कन निर्देश गरिएको छ ।
  7.  सचिलालयको आगामी बैठक मंसिर २७ गते अपरान्ह बस्ने भएको छ । र, स्थायी कमिटीको बैठक यही मंसिर २९ गते ११ बजेबाट सुरु हुने गरी तय गरिएको छ । सामान्यतः बैठक दुई दिनमा सम्पन्न गर्ने सोच बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अर्थमन्त्री वाग्लेको श्वेतपत्रः अर्थतन्त्रको बाह्य क्षेत्र बलियो, आन्तरिक उत्पादन र खर्च प्रणालीमा गम्भीर चुनौती (पूर्णपाठ)

नेपाल प्रहरीको इन्स्पेक्टरबाट सेवा सुरु: सशस्त्रको कमान

सम्बन्धित

संसद् स्थगित गरेर अध्यादेशमार्फत शासन चलाउने कदम लोकतन्त्रको मर्यादाविपरीतः कांग्रेस

महेश पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा

मंसिर ११ देखि १५ सम्म महाधिवेशन गर्ने नेकपाको निर्णय

नेकपाले गठन गर्‍यो संविधान संशोधन मस्यौदा कार्यदल

अमेरिकी विशेष दूत नेपाल आउँदै, मागे प्रधानमन्त्रीसँग भेटवार्ताको समय

यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com