ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कहिल्यै नफर्कने गरी युएईमै अस्ताइन् सुकमाया


एबीसी न्यूज
मंसिर २३, २०७६ सोमबार  १२ : ४६ बजे

काठमाडौँ,२३ मंसिर । युएईको सारजामा कार्यरत चितवन आँपटारीकी सुकमाया टमाटा बुधवार काम सकेर किनमेल गर्न बजार निस्किइन् । साथीहरुसँग नजिकैको बजारमा दैनिक उपभोग्य सामान लिन गएकी उनी त्यहीँ अचानक बेहोस भएर लडिन् । साथीहरुले उठाएर उनलाई कोठासम्म ल्याए । कोठा ल्याउने क्रममा लिफ्टमा पुनः अचेत बनेपछि साथीहरुले नै अजमानस्थित खलिफा अस्पताल पुर्‍याए । सुकमायाको उपचारमा चिकित्सकले सक्दो प्रयास गरे । तर डिसेम्बर ५ तारिख बिहान चिकित्सकले उनलाई मृत घोषणा गरे । चिकित्सकका अनुसार अस्पताल ल्याउँदै गर्दा उनलाई बचाउन सकिने आशा न्यून थियो । मुटुमा गम्भीर समस्याले थलिएकी सुकमायाको हृदयाघातका कारण मृत्यु भएको चिकित्सकको भनाइ छ ।

युएईमै कार्यरत उनका भाइ कमल टमाटाले बिहीवार साँझ खबर पाए । बिहीवार बिहान नेपाल जान तयार भएकी दिदी भम्भीर अवस्थामा अस्पतालमा भएको खबरले निस्शब्द थिए ।

छिमेकी दाइ मनोज विकको साथमा उनी अस्पतालमा पुगे । बिहीवार साँझ घर पुग्ने तयारीमा रहेकी दिदीलाई कफिनमा देख्ने साहस कमलसँग थिएन। आँखा भरी आँसु पार्दै कमलले सुनाए, ‘घर गएर उपचार गराउने भनेको थियो । तर हामीलाई छोडेर जानुभयो । अब दिदीको कहिल्यै उपचार नहुने भयो।’

२३ वर्षीया कमलाको घरमा श्रीमान र ४ वर्षकी छोरी छिन् । श्रीमान नेपालमै प्लम्बरको काम गर्छन् । २ वर्षअघि उनी रोजगारीका लागि युएई आएकी थिइन् । सारजास्थित एक विद्यालयमा हाउसकिपिङ्गको काम गर्थिन् । एक महिनाअघि मात्र घर गएर आएकी थिइन्। तिहारमा भाइलाई यतै टीका लगाइदिएकी उनले मुटुमा केही समस्या बताएकी थिइन् । कमलका अनुसार यहीँ आएर चेकजाँच गर्दा मुटुमा समस्या रहेको र चाडैँ उपचार गराउन चिकित्सकले सुझाएका थिए । युएईमा उपचार गर्दा धेरै खर्च लाग्ने भएकाले उपचारका लागि सुकमाया डिसेम्बर ५ तारिख ९बिहीवार० नेपाल फर्कने तय भएको थियो । तर त्यही दिन नै सुकमाया कहिल्यै नफर्कने गरी युएईमै अस्ताइन् । पोस्टमार्टमपछि उनको शव अहिले अजमानस्थित खलिफा अस्पतालमा राखिएको छ । उनले पाउने सेवासुविधा कार्यरत कम्पनीले उपल्बध गराउने जनाएको छ ।

आवश्यक कागजात पुरा गरेर शव नेपाल फर्काउन दूतावाससँग समन्वय भइरहेको उनका भाइ कमलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अर्थमन्त्री वाग्लेको श्वेतपत्रः अर्थतन्त्रको बाह्य क्षेत्र बलियो, आन्तरिक उत्पादन र खर्च प्रणालीमा गम्भीर चुनौती (पूर्णपाठ)

नेपाल प्रहरीको इन्स्पेक्टरबाट सेवा सुरु: सशस्त्रको कमान

सम्बन्धित

संसद् स्थगित गरेर अध्यादेशमार्फत शासन चलाउने कदम लोकतन्त्रको मर्यादाविपरीतः कांग्रेस

महेश पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा

मंसिर ११ देखि १५ सम्म महाधिवेशन गर्ने नेकपाको निर्णय

नेकपाले गठन गर्‍यो संविधान संशोधन मस्यौदा कार्यदल

अमेरिकी विशेष दूत नेपाल आउँदै, मागे प्रधानमन्त्रीसँग भेटवार्ताको समय

यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com