ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्तत प्रहरीले पत्ता लगायो निर्मला हत्याका दोषी, उपनिर्वाचनपछि मात्रै पक्राउ गर्दा राम्रो हुने राय दिएपछि खनाल काठमाडौं फर्किए


एबीसी न्यूज
मंसिर २२, २०७६ आईतबार  ६ : ०४ बजे


काठमाडौं, २२ मंसिर ।  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल (आईजीपी) ५ मंसिर साँझ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी पुगे। नेपालगन्ज विमानस्थलमा ओर्लिएर धनगढी पुगेका आईजीपी खनालले प्रदेश प्रहरी कार्यालयमै कञ्चनपुरबाट एउटा मुद्दाको अनुसन्धान फाइल झिकाए। फाइल निर्मला पन्त हत्या प्रकरणको थियो, जुन गत वर्ष राष्ट्रिय मुद्दा बन्न पुग्यो।

कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिनेश आचार्यसहितको टोली फाइल बोकेर धनगढी आएको थियो, ६ मंसिर बिहान। फाइल अध्ययनपछि प्रहरी महानिरीक्षक आईजीपी खनालले अभियुक्तलाई तत्काल पक्राउ गर्नुपर्ने विषयमा छलफल गरे। तर कञ्चनपुर प्रहरीले १४ मंसिरको उपनिर्वाचनपछि मात्रै पक्राउ गर्दा राम्रो हुने राय दिएपछि भोलिपल्ट साँझ खनाल काठमाडौं फर्किए।

डेढ वर्षपछि निर्मला हत्याका दोषी पक्राउ गर्ने निचोडमा प्रहरी पुगेको छ। त्यही भएर फिल्डको अवस्था र अनुसन्धानको प्रगति जाँच्न महानिरीक्षक खनाल सुदूरपश्चिम प्रदेश पुगेका थिए। तर प्रहरीले पक्राउ गरिहालेको छैन। कारण हो, अनुसन्धानका क्रममा प्रहरीले स्वयंमले गरेका शंखलाबद्ध गल्ती। सीआईबी र अपराध महाशाखाको संयुक्त अनुसन्धान टोलीले अहिले अभियुक्त पहिचान गरे पनि पक्राउ गरिहाल्न भने सकेको छैन। प्रहरीसँग अहिले अभियुक्तले घटना आफूले गराएको भनेर सकारेको एउटा भिडियो छ। एक स्थानीयसँग कुराकानी गर्दा ती व्यक्तिले निर्मलालाई आफूले बलात्कार र हत्या गरेको भनेर स्वीकारेको भिडियोमा देखिन्छ।

यसका साथै ती व्यक्तिलाई घटनास्थल छेउको कल्भर्टमा दिउँसो २ बजेतिर सुतेको आफूले देखेको भनेर एक महिलाले कागजसमेत गरेकी छन्, जसलाई प्रहरीले प्रमाणका रूपमा राखेको छ। ‘धन्न त्यतिबेला मलाई एकान्तमा केही गरेनछ,’ ती महिलाले प्रहरीमा गरेको कागजमा भनेकी छन्।

त्यसबाहेक ती व्यक्तिले निर्मला हत्यापछि समेत केही महिलालाई यौन दुव्र्यवहार गरको कागजात प्रहरीले फेला पारेको छ, जसले उसको आपराधिक छवि स्थापित गराउन मद्दत पुग्ने प्रहरीको आकलन छ। यसबाहेक प्रहरीसँग भौतिक सबुत् केही छैन। यत्ति हो, पहिलेजस्तो समाज प्रहरीविरद्ध एकढिक्का छैन।

महानिरीक्षक स्वयं घटना क्षेत्र पुगेर दोषी पक्राउ गर्न दबाब दिनाले उनी अबको दुई महिने कार्यकालमै यो प्रकरण टुंग्याउन चाहन्छन् भन्ने देखाउँछ। प्रहरी मात्र होइन, सरकारकै क्षमता मापक बनेको निर्मला हत्या प्रकरण सल्टिए ठूलो सफलता हुनेछ। यो खबर आज आइतबारको नेपाल साप्ताहिकमा मनबहादुर बस्नेतले लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अर्थमन्त्री वाग्लेको श्वेतपत्रः अर्थतन्त्रको बाह्य क्षेत्र बलियो, आन्तरिक उत्पादन र खर्च प्रणालीमा गम्भीर चुनौती (पूर्णपाठ)

नेपाल प्रहरीको इन्स्पेक्टरबाट सेवा सुरु: सशस्त्रको कमान

सम्बन्धित

संसद् स्थगित गरेर अध्यादेशमार्फत शासन चलाउने कदम लोकतन्त्रको मर्यादाविपरीतः कांग्रेस

महेश पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा

मंसिर ११ देखि १५ सम्म महाधिवेशन गर्ने नेकपाको निर्णय

नेकपाले गठन गर्‍यो संविधान संशोधन मस्यौदा कार्यदल

अमेरिकी विशेष दूत नेपाल आउँदै, मागे प्रधानमन्त्रीसँग भेटवार्ताको समय

यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com