ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोहलपुरमा ३ बजेदेखि कर्फ्यू, घाइते छात्रालाई काठमाडौं ल्याउन सेनाको हेलिकप्टर (यस्तो थियो घटना)


एबीसी न्यूज
मंसिर २२, २०७६ आईतबार  ३ : ०१ बजे

बाँके,२२ मंसिर ।  ट्रकको ठक्करबाट स्कुले छात्रा घाइते भएपछि बढेको तनावलाई मत्थर गर्न जिल्ला प्रशासन कार्यालय बाँकेले कोहलपुरमा कर्फ्यू आदेश जारी गरेको छ।

कर्फ्यू आदेशमा कोहलपुरको पुर्वमा चप्परगौडी, पश्चिममा किरण नाला तथा उत्तरमा नौबस्ता जाने बाटो र दक्षिणमा पिपरीचौकको सडकको ५ सय मिटर क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको उल्लेख गरिएको छ ।

केहीबेरअघि सकिएको जिल्ला सुरक्षा समितिको बैठकले कोहलपुरमा दिउँसो तीन बजेदेखि कर्फ्यू लगाउने निर्णय गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले दिनुभयो ।

उपाध्यायका अनुसार ट्रकको ठक्करबाट घाइते भएकी छात्रालाई उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाडौं पठाइएको छ।

कोहलपुरमा भएको के थियो ?

बाँकेको कोहलपुरस्थित त्रिभुवन उच्च माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्छिन्, प्रगती चन्द।

सधैँझै आइतबार बिहानै उनका बुवा भे ६ प २७४० नम्बरको स्कुटरमा राखेर प्रगतीलाई विद्यालय पुर्‍याए।

१० बज्नै लागेको थियो। विद्यालयको गेटअगाडि प्रगतीलाई ओरालेर उनका बुवा अघि बढे। कोहलपुरबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना २ ख ९४५९ नम्बर ट्रकले विद्यालयकै अगाडि प्रगतीलाई ठक्कर दियो।

उनका कलिला खुट्टा ट्रकका चक्काले कुच्चिए। जुत्ता एकातिर, मोजा अर्कैतिर। प्रगती चिच्चाइन्, छटपटाइन्।

आफ्नी साथीलाई ट्रकले किचेको देखेका विद्यार्थी आक्रोशित बने। ट्रकमा ढुङ्गा हान्न थाले, चालकलाई लखेटे।

त्यही क्रममा प्रहरी त्यहाँ पुग्यो। प्रहरीले संयमता अपनाएन उल्टै विद्यार्थीलाई कुट्न थाल्यो। ।

जसलाई भेट्यो उसैलाई प्रहरीले कुटेपछि विद्यार्थी स्कुलभित्र पसे। प्रहरीले पछ्यायो। शिक्षकले प्रहरीलाई विद्यालय हाताभित्र प्रवेश गरेर विद्यार्थीलाई नकुट्न आग्रह गरे।

प्रहरीले कक्षाकोठाबाटै शिक्षक इन्द्र बिसी र केही विद्यार्थीलाई समेत तानेर लग्यो। शिक्षक ऋषि देवकोटाका अनुसार ८ देखि १० जना विद्यार्थीलाई प्रहरीले पक्राउ पछि लगेर थुनेको छ।

साथी र शिक्षकमाथि प्रहरीको व्यवहार देखेर विद्यार्थी झनै एकाएक आक्रोशित बने।

विद्यालयमा झन्डै २ हजार ५ सय विद्यार्थी छन्। ती सबै एकैसाथ सडकमा निस्किएर नाराबाजी गर्दै प्रहरीमाथि जाईलागे।

ठीक त्यही समयमा बिहान कक्षा हुने प्लस टुका विद्यार्थीको पनि छुट्टी भयो। उनीहरू पनि प्रदर्शनमा मिसिए।

प्रहरीलाई उनीहरूले ढुङ्गा हान्दै लखेटे। प्रहरीले पनि ढुंगा फर्कायो। झन्डै तीन हजार विद्यार्थी र स्थानीयका अघि प्रहरीको जोर चलेन। आक्रोसित विद्यार्थीले बजार बन्द गराउन थाले। यातायात बन्द गराए। ट्रकका आगजनी गरे।

आक्रोशित विद्यार्थीले प्रहरीलाई लखेटन् छोडेनन्। प्रहरी ब्याक हुँदै काहेलपुरस्थित आफ्नो कार्यालयसम्म पुग्यो।

त्यहीँ पुगेर पनि विद्यार्थीले ढुंगामुढा गरे। प्रहरीको क्यान्टिनमा आगजनी गरे। त्यसक्रममा प्रहरीले झन्डै दुई दर्जन पटक हवाई फायर गर्‍यो। त्यतिकै संख्यामा अश्रुग्यास हान्यो। त्यसबाट ३ विद्यार्थीलाई रवरको गोली लाग्यो। शिक्षक ऋषि देवकोटाका अनुसार एकजना विद्यार्थीको घाँटी, अर्काको पाखुरा र अर्का विद्यार्थीलाई खुट्टामा रबरको गोली लागेको छ।

प्रहरी र विद्यार्थी बीचको झडपमा परेर थप दुई बालक पनि घाइते भएका छन्। सडकमा घाइते अवस्थामा फेला परेका विशाल खड्का र भूमिसरा डाँगीलाई रेडक्रसले अस्पताल पुर्‍याएको छ।

झडपमा परी इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी हेमबहादुर शाहीसहित थप सात जना प्रहरी पनि घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अर्थमन्त्री वाग्लेको श्वेतपत्रः अर्थतन्त्रको बाह्य क्षेत्र बलियो, आन्तरिक उत्पादन र खर्च प्रणालीमा गम्भीर चुनौती (पूर्णपाठ)

नेपाल प्रहरीको इन्स्पेक्टरबाट सेवा सुरु: सशस्त्रको कमान

सम्बन्धित

संसद् स्थगित गरेर अध्यादेशमार्फत शासन चलाउने कदम लोकतन्त्रको मर्यादाविपरीतः कांग्रेस

महेश पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा

मंसिर ११ देखि १५ सम्म महाधिवेशन गर्ने नेकपाको निर्णय

नेकपाले गठन गर्‍यो संविधान संशोधन मस्यौदा कार्यदल

अमेरिकी विशेष दूत नेपाल आउँदै, मागे प्रधानमन्त्रीसँग भेटवार्ताको समय

यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com