ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सबैसंग सहकार्य गर्दै नेपाली भाषा र साहित्यको बचाउ गर्छौं : अनेसास अध्यक्ष गैह्रे


एबीसी न्यूज

जापान, १९ मंसिर ।  अन्तराष्ट्रिय साहित्य समाज अनेसास जापान च्याप्टरको अध्यक्षमा गिरिजा गैह्रे चयन हुनुभएको छ । आइतबार टोकियोमा सम्पन्न अनेसास जापानको ११ अधिवेसन बाट गैह्रे सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएको हो । २०१५ मा जापान प्रवेश गर्नुभएका गैह्रे २०१५/०१७ मा अनेसास को कार्यसमिती सदस्य हुदै उपाध्यक्षको जिम्मेवारी पुरा गर्दै अध्यक्षमा पुग्नुभएको हो । स्याङजा जन्मनुभएका गैह्रे बिद्यार्थी जीवनदेखि नै साहित्यमा रुची राख्नुहुन्थ्यो ।

समाजका घटना र यथार्थलाई साहित्यको माध्यमबाट लयात्मक शैलिमा ढाल्दा यसले आत्मसन्तुष्टी संगै वास्तविकता प्रद्धशन गर्ने अनुभव छ अध्यक्ष गैह्रे संग । समाजको ऐना नै साहित्य भएकोले यसको छुट्टै महत्व समेत रहेको बताउनुहुन्छ । ९३ हजार नेपाली रहेको जापानमा नेपाली भाषा र साहित्यलाई बचाई राख्न र नयाँ पुस्तालाई हस्तान्तरण गर्न आवश्यक छ । नेपाली भाषा र साहित्यको बचाउ गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो कर्तव्य हो र त्यो जापानमा अनेसासले गर्दै आएको बताउनुहुन्छ । उहाँले आगामी दिनमा पनि जापानमा रहेका नेपाली संघ सस्थासंग सहकार्य गर्दै अगाडी बढने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यसै गरि समितिको अधिवेसले सर्वसम्मत रुपमा उपाध्यक्ष अरुण पौडेल, हेमन्त गिरी, महिला उपाध्यक्ष सुमित गिरी, महासचिव रविन शर्मा, सचिव ध्रुर्व बन्जाडे, सह–सचिव सविना रेग्मी र कोषाध्यक्षमा आनन्द अधिकारीलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा मिनराज बास्तोला, दिपा घिमिरे, प्रकृती फुँयाल, संगिता कुँवर, शरद पोख्रेल, के.वी. पारखी, मञ्जु गिरी, वन , सुमन प्रतिबिम्ब, रमेश लामिछाने र अनिल कुमार निर्दोष चयन हुनुभएको छ । निर्वाचन सिमितका संयोजक बेलुकाजी थापाले नयाँ कार्यसमिती सर्वसम्मत रुपमा चयन भएको घोषणा गर्नुभएको थियो ।

सोही कार्यक्रममा अनेसास जापानका संस्थापक अध्यक्ष तथा पुर्व केन्द्रिय अध्यक्ष डा. कुमार बस्नेत, अनेसासका वरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल माईला, अनेसास जापानका अध्यक्ष विष्णु प्रसाद घिमिरे, एनआरएनए जापानका बरिष्ठ उपाध्यक्ष अनिता गुरुङ, पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घले, समाजसेवी पदमसिंह ठगुन्ना, राजेन्द्र जमरकट्टेल, डा. विजय ज्ञवाली लगाएतले अनेसासले गरेका कामको प्रशंसा गर्नुभएको थियो । कार्यक्रम निर्वतमान अध्यक्ष दिप पाठकको अध्यक्षता, उपाध्यक्ष श्रवण सत्यालको स्वागत तथा रविन शर्माको सञ्चालनमा सम्पन्न भएको थियो

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com