ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुरानो साइकल र मागेको पोशाकले जितेको त्यो स्वर्णपदक


एबीसी न्यूज

 


कास्की, १९ मङ्सिर । कञ्चनपुर महेन्द्रनगरका हिमाल टमाटाले आफ्नो १५ वर्षको खेल जीवनमा पहिलो स्वर्ण चुम्दा खुशीको सीमा कुनै रहेन, यसले नयाँ इतिहास समेत रचना ग¥यो ।

नेपालमा जारी १३औँ दक्षिण एशियाली खेलकूद(साग)मा ट्रायथोलन अन्तर्गतको पोखरामा सम्पन्न डुआथोलन विधाको पुरुषतर्फको स्पर्धामा स्वर्ण पदक हासिल गर्दा नेपाललाई पहिलो पटक डुआथोलनमा स्वर्ण पदक समेत प्राप्त भयो ।

भारतमा सम्पन्न १२औँ संस्करणदेखि सागमा ट्रायथोलन खेल समावेश भएको थियो । सो प्रतियोगितामा नेपालले कास्य पदकमा चित्त बुझाउन परेको थियो । घरेलु मैदानमा भएको प्रतियोगितामा नेपालले ट्रायथोलनमा सोनी गुरुङ र पुरुषतर्फ टमाटाले स्वर्ण पदकमा हासिल गर्न सफल हुनुभयो ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण चुम्ने टमाटाको सपना यस पटक साकार भएको छ । उहाँले दुई वर्षअघि नेपालगञ्जमा भएको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितमा स्वर्णको सपना देख्न शुरु गर्नुभएको थियो ।
नेपाली सेनामा सेवारत टमाटाका लागि आठौँ राष्ट्रिय खेलकूद जीवनको ‘ट्रनिङ प्वाइन्ट’ बन्यो । राष्ट्रिय खेलकूदमा उहाँले डुआथोलन र माउन्टेन बाइकक्रसकन्ट्री दुबै खेलमा सहभागिता जनाएका थिए । एक दिनको अन्तरमा भएका दुबै प्रतियोगितामा उनले राम्रो गर्न सकेनन् । सागमा डुआथोलनमा रजत पदक विजेता लक्ष्मण मल्लले उनलाई पराजित गरेका थिए ।

राष्ट्रिय खेलकूद लगत्तै टमाटा आफूलाई डुआथोलनमामात्र केन्द्रित हुने निर्णयमा पुगे । सागमा स्वर्ण जित्ने लक्ष्य सहित उहाँ हरेक दिन अभ्यासमा व्यस्त हुन थाल्नुभएको थियो । दौड र साइक्लिङमा उहाँको क्षमतालाई चिनेका प्रशिक्षकले समेत त्यसैतर्फ प्रेरित गरिरहनुभयो ।
“राष्ट्रिय खेलकूदपछि एउटामात्र खेलमा केन्द्रित भएर राम्रो गर्नुपर्दछ भन्ने मलाई लाग्यो । त्यसबेला देखिनै डुआथोलनमा स्वर्ण हासिल छाड्छु भन्ने विश्वासले दिनहुँ अभ्यास गर्न थालेँ।” टमाटा भन्नुहुन्छ ।
दक्षिण एशियाली राष्ट्रहरुको सबैभन्दा ठूलो खेलकूदमा स्वर्ण हासिल गरे लगत्तै उहाँ हरेक चार वर्षमा आयोजना हुने एयिशाली खेलकूद (एशियाड)मा पदक जित्ने सपना देख्न शुरु गर्नुभएको छ । सन् २०२२ मा चीनमा तय भएको एशियन गेममा पदक जितेर कीर्तिमान राख्ने उहाँको धोको छ ।

आफू कठिन अवस्थामा समेत कहिल्यै पनि हतास र निराश नहुने उल्लेख गर्दै उहाँ भन्नुहुन्छ “मानिसले लक्ष्य ठूलो राख्नुपर्दछ । लक्ष्य अनुसारको मेहनत र परिश्रम ग¥र्यो भने असम्भव केही पनि छैन । देशलाई एशियन गेममा पदक दिलाउने अब मेरो सपना छ।”
सागको तयारीका क्रममा समेत उहाँले चुनौती सामना गर्नुपरेको थियो । टमाटालाई अभ्यासकै क्रममा नयाँ साइकल आउने भनिएको थियो । तर प्रतियोगिताको दिनसम्म पनि नयाँ साइकल आएन । राम्रो पार्टपुर्जा र गुणस्तरीय साइकल भएकाहरुसँग सन् २०१४ मोडलको पुरानै साइकल लिएर उनी ष्पर्धामा हामिनुभएको थियो ।

त्यतिमात्र होइन खेलका क्रममा लगाउने पोशाक समेत उनले समयै पाएनन् । प्रतियोगिताको एक÷दुई दिन अघि आएको पोशाक उनको शरीरमा मिलेन । त्यसपछि साथिको मागेर खेलमा भाग लिए ।
टमाटा भन्छन् “हाम्रो साईकल पाँच÷छ वर्ष पुरानो आल्मुनियमको हो । कार्वनको राम्रो साईकलभएकाहरुसँग प्रतिष्पर्धा कठिन भएपनि आत्मवलकै कारणले पनि उनीहरुलाई जित्यौँ।”
टमाटाले १४÷१५ वर्षको उमेरबाट नै खेलकूदमा आकर्षित थिए । दौड र कराँतेमा उनको लगाव थियो । विभिन्न जिल्ला तथा क्षेत्रीय प्रतियोगिताहरुमा पाँच र १० किमी दौडमा उनी भाग लिन्थे ।
पछि उनी नेपाली सेनामा भर्तीभएपछि खेल्ने वातावरण अझै अनुकूल बन्यो । नेपाली सेनाका मेजर राजीव चन्दले उनलाई अघि बढ्न सँधै प्रेरित गरे ।
शुरुमा साइकल राम्रोसँग डोहो¥याउन समेत नजान्ने उनलाई चन्दलेनै साइकल चलाउन सिकाए । “मैले जुन सफलता पाएको छु,त्यसमा राजीव चन्दको ठूलो योगदान छ । उहाँलेनै मलाई अघि बढ्न सहयोग गर्नुभयो । खुट्टा समातेर मलाई साइकल चलाउन सिकाउनुभयो ।” उहाँ भन्नुहुन्छ ।
अहिलेदेखि नै आफू एशियाडको तयारीमा जुट्ने जानकारी दिँदै सरकारले खेलाडीहरुलाई सहयोग गर्न माग समेत गर्नुभयो । नेपाली टोलीका प्रमुख प्रशिक्षक युवराज सुनुवारले टमाटा क्षमतावान् खेलाडी भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ “राष्ट्रिय खेलकूद परिषद्बाट समयमै टोलीका लागि आवश्यक खेल सामग्री आउन ढिलाई भयो । खेलाडीले अभावकाबीचमा समेत उत्कृष्ट नतिजा निकाल्न सफल भए । ”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com