
काठमाडौं, १५ मंसिर । दाङको निर्वाचन क्षेत्र नम्बर ३ ‘ख’ प्रदेश सभा सदस्यका लागि सम्पन्न उपनिर्वाचनको मतगणनामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार बिमला ओलीले २ हजार मतले अग्रता लिएकी छन् ।
दाङको पछिल्लो ताजा स्थितिमा नेकपाले ६ हजार २८ मत ल्याएको छ भने कांग्रेसका केशव आचार्यले ४ हजार ३७ मत ल्याएका छन् ।
आइतवार बिहानबाट मतगणना शुरू भएको थियो । तत्कालीन प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको गाडी दुर्घटनामा परी निधन भएपछि दाङ क्षेत्र नं। ३ (ख)मा उपनिर्वाचन भएको हो । अहिलेकी नेकपा उम्मेदवार बिमला ओली स्वर्गीय उत्तरकुमारकी श्रीमती हुन् ।







प्रतिक्रिया दिनुहोस्