ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हालसम्म नतिजा, कहाँ कसले जित्यो ? (अपडेट) नेकपा २१, कांग्रेस ७, राजपा २, समाजवादी २ वडामा निर्वाचित


एबीसी न्यूज


काठमाडौं । ५२ स्थानका लागि भएको उपनिर्वाचनको परिणाम आधाआधी आइसकेको छ । ३७ जिल्लाका विभिन्न तहमा भएको निर्वाचनमा गुल्मी, भोजपुर, खोटाङ, काभ्रे, बाग्लुङ, लम्जुङ, कञ्चनपुर, रोल्पा, सल्यान लगायतका जिल्लामा भएको उपनिर्वाचनमा २१ स्थानमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी निर्वाचित भएको छ ।
निर्वाचन भएका ४३ वडामध्ये नेकपाले २२ स्थानमा विजयी भएको थियो ।

नेकपा २१ ठाउँमा विजयी
सुरूमा कांग्रेसले जितेको प्रचार भएको बाजुराको त्रिवेणी गाउँपालिका–१मा नेपाले जित हासिल गरेको छ । त्रिवेणी–१ मा नेकपाका उमेदवार मनराजे बुढाले ३६७ मत ल्याएर विजयी भए ।

कांग्रेसका उमेदवार खकेन्द्रबहादुर चदारले ३४७ मत पाए । नेकपाका उमेदवार २० मतको अन्तरमा विजयी भएका हुन् । फिदिम नगरपालिका–१ मा नेकपाका गजाधर भट्टराई १ हजार ४४६ मत प्राप्त गरी विजयी भएका छन् । अछामको मेल्लेख गाउँपालिका–५ मा नेकपाका विजयी भएको छ ।
सिरहाको कल्याणपुर नगरपालिका–१२ मा नेपकाका उमेदवार दिलीपकुमार यादव निर्वाचित भएका छन् ।

रामेछापको उमाकुण्ड गाउँपालिका–५ मा नेकपाका कुलबहादुर बस्नेत ७६९ मत ल्याएर विजयी भएका छन् । कांग्रेसका उमेदवारले ३८० मत प्राप्त गरे । समाजवादीले १०, राप्रपाले ५ र १० मत बदर भयो ।

बाँकेको कोहलपुर नगरपालिका– ५ मा नेकपाका रामशरण थारू निर्वाचित भएका छन् । उनले १५२ मत ल्याएर साविक विजेता काग्रेसलाई पराजित गरे । कांग्रेसका श्रीकृष्ण थारुले १३४ मत ल्याए । यसअघि त्यहाँ काङ्ग्रेस निर्वाचित भएको थियो ।

सङ्खुवासभाको खाँदबारी नगरपालिका–१३ मा नेकपाका उमेदवार भरतकुमार घिमिरे निर्वाचित भएका छन् । घिमिरेले ७६९ मत प्राप्त गरे ।
उनले काङ्ग्रेसका उमेदवार विक्रम गुरूङलाई पराजित गरे । गुरूङले ४६७ मत प्राप्त गरे ।
भोजपुरको पौवादुङ्मा नगरपालिका–१ मा नेकपाका उमेदवार जितेन्द्र राई निर्वाचित भए । उनले ६१९ मत ल्याए भने कांग्रेसका उमेदवार सम्मरबहादुर कार्कीले २५४ मत ल्याए ।

बाग्लुङ बडिगाड गाउँपालिका–२ मा नेकपाका उमेदवार ढालप्रसाद शेरचन ७०४ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका उमेदवारले ४१२ मत प्राप्त गरे ।

काठमाडौंको दक्षिणकाली नगरपालिका–३ को उपनिर्वाचनमा सत्तारूढ दल नेकपाका उमेदवार शिवभक्त बलामी निर्वाचित भएका छन् । उनले ६१८ मत प्राप्त गरे । कांग्रेसका उमेदवारले २७८, राप्रपा ९संयुक्त०ले १०७ र राप्रपाले ७ र २९ मत बदर भएको बताइएको छ ।

धुलिखेल नगरपालिका–२ को उपनिर्वाचनमा पनि नेकपा विजयी भएको छ । नेकपा उमेदवार देवप्रसाद कोइरालाले ८६८ मत प्राप्त गरेका छन् । काङ्ग्रेसका उमेदवार दर्णबहादुर खत्रीले ५८२, राप्रपा ९संयुत्त०का उमेदवार बासु थापा ले ६ मत प्राप्त गरेका छन् ।

सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–८ को वडाध्यक्षको उपनिर्वाचनमा नेकपा विजयी भएको छ ।

रिक्त वडाध्यक्ष पदको उपनिर्वाचनमा नेकपाका उमेदवार केदारप्रसाद आचार्यले ७१२ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी काङ्ग्रेसका राले तामाङले ४३१ मत प्राप्त गरे । पशुपति शमशेर नेतृत्वको राप्रपा ९संयुक्त०ले १२, कमल थापा नेतृत्वको राप्रपाले ३ र ९ मत बदर भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

अघिल्लो निर्वाचनमा त्यहाँ कांग्रेस निर्वाचित भएको थियो ।

त्यस्तै सल्यानको कुमाखमालिका गाउँपालिका–५ को वडाध्यक्ष निर्वाचनमा नेकपाका उमेदवार धर्मे बुढाथोकी निर्वाचित भएका छन् । कुल ११२४ मत खसेको मध्ये बुढाथोकीले ७९२ मत ल्याए भने निकटतम प्रतिस्पर्धी काङ्ग्रेसका खडकबहादुर बुढाथोकीले २५१ मत ल्याएका छन् ।

लम्जुङ सुन्दरबजार नगरपालिकामा नेकपाका उमेदवार विजयी भएका छन् । वडा नम्बर २ को रिक्त वडाध्यक्ष पदमा शनिबार भएको उपनिर्वाचनमा नेकपाका उमेदवार नवीन श्रेष्ठ विजयी भएका छन् । उनले ९९३ मत ल्याए ।
प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेदवार प्रकाश सेढाइँले ४८२ मत ल्याए ।

सोही निर्वाचनमा राप्रपाले १६ र स्वतन्त्र उमेदवारले १२ मत प्राप्त गरेका छन् । १० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

पुनर्वास नगरपालिका–३मा पनि सत्तारूढ नेकपा नै विजयी भएको छ । खानेपानीमन्त्री बिना मगरको वडासमेत रहेको पुनर्वास–३ मा ९२४ मत खसेकामध्ये ५२८ मत ल्याएर कृष्णबहादुर तामाङ निर्वाचित भए । काङ्ग्रेसका दीपबहादुर तामाङले ३९० मत प्राप्त गरे ।

यसअघि रोल्पाको विद्रोही थवाङमा नेकपा नै निर्वाचित भएको थियो । विरलै मताधिकार प्रयोग गर्ने विद्रोही उपनाम पाएको थवाङमा १५४ मत प्राप्त गरी नेकपाका जनकबहादुर बुढामगर निर्वाचित भएका थिए । प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका कमलबहादुर रोकामगरले २६ मत प्राप्त गरेका थिए । यद्यपि त्यहाँका ८६ प्रतिशत मतदाताले मतदान नै गरेनन् ।

खोटाङको साकेला गाउँपालिका–३ मा पनि नेकपा निर्वाचित भएको छ । त्यहाँ नेकपाकी उमेदवार शिवकला राई विजयी भइन् । डोटीको आदर्श गाउँपालिका–२ मा नेकपाका उमेदवार रामबहादुर बोहोरा निर्वाचित भएका छन् । त्यस्तै रुरु गाउँपालिका– २ गुल्मीमा पनि नेकपा मतले निर्वाचित भएको छ । त्यहाँ गिरिप्रसाद सिञ्जाली ८०२ मत ल्याएर निर्वाचित भएका छन् । प्रतिस्पर्धी काङ्ग्रेसका वेदप्रसाद दर्लामीले ७२७ मत ल्याए ।

पूर्वी नवलपरासीको बौंदीकाली गाउँपालिका–५ मा पनि नेकपाका खिमबहादुर खरुमगर निर्वाचित भएका छन् । उनले ३६७ मत पाए भने प्रतिस्पर्धी काङ्ग्रेसका तुलबहादुर रानाले २११ मत पाए ।

डोटीको आदर्श गाउँपालिकामा नेकपाका उमेदवार रामबहादुर बोहोरा निर्वाचित भएका छन् । उनले काङ्ग्रेसका महादेव साउदलाई पराजित गरे । साउदले ६५६ मत प्राप्त गरे ।

काङ्ग्रेस ७ ठाउँमा विजयी
कांग्रेसले बैतडीबाट विजयीको सुरूआत गरेको थियो । बैतडीको सुनर्या गाउँपालिका–१ मा कांग्रेसका गजेन्द्रबहादुर चन्द ४ मत बढीले विजयी भएका छन् । उनले २१९ मत ल्याएर नेकपाका उमेदवारलाई पछि पारे ।

बाराको गढिमाई नगरपालिका–२ मा पनि काङ्ग्रेस निर्वाचित भएको छ । त्यहाँ नेपाली काङ्ग्रेसका उमेदवार ७७१ मत ल्याउँदा नेकपाका उमेदवारले ५९६ मत प्राप्त गरे । अर्घाखाँची मालारानी गाउँपालिका–३मा काङ्ग्रेसका उमेदार शोभाखर खनाल निर्वाचि भएका छन् । उनले १ हजार १५९ मत प्राप्त गरे । नेकपाका उमेदवारले १ हजार ५३ मत पाएका छन् ।

चितवनको भरतपुर महानगरपालिका–१६ मा काङ्ग्रेसका उमेदवार अमृतराज हमाल निर्वाचित भएका छन् । अमृतले ३ हजार १ सय ८३ मत प्राप्त गरे । निकटतम प्रतिस्पर्धी नेकपाका भक्तराज हमालले २ हजार ८७५ मत ल्याए । यो वडा नेकपाले गुमायो । गत निर्वाचनमा यहाँ एमालेका उमेदवार चतुरमान गुरूङ निर्वाचित भएका थिए ।

चितवनकै खैरहनी–५ मा काङ्ग्रेसकै प्रतीमा कार्की निर्वाचित भएकी छन् । खैरहनी नगरपालिका–४ नम्बर वडाको उपनिर्वाचनमा पनि काङ्ग्रेसकै उमेदवार देवबहादुर बस्नेत विजयी भए । उनले १ हजार १३८ मत ल्याएर नेकपाका बेदबहादुर अधिकारीलाई पराजित गरे । अधिकारीले ९८६ मत प्राप्त गरे ।
बैतडीको दोगडा केदार गाउँपालिका–४ मा नेपाली काङ्ग्रेसका सुरेन्द्रप्रसाल भट्ट निर्वाचित भएका छन् ।
घोराही नगरपालिका–१६ मा काङ्ग्रेस निर्वाचित भएको छ। त्यहाँ नेकपाले ३७८ मत प्राप्त गरी त्यो वडा गुमाएको छ । अघिल्लो निर्वाचनमा नेकपा विजयी भएको थियो ।

समाजवादी पार्टी २

समाजवादीले सर्लाहीको हरिपुर्वा नगरपालिका–१ वडामा जित हात पारेको छ । हरिपुर्वामा समाजवादी पार्टीका श्यामबाबुले रायले ३४७ मत ल्याएर जिते । प्रतिस्पर्धी राजपाका रामविश्वास रायले ३२८ मत ल्याए । नेकपाका उमेदवार दोस मोहम्द अन्सारीले पनि उत्तिकै ३२८ मत ल्याएका थिए । चौथो भएको जनमत पार्टीले ५२ र पाँचौं कांग्रेस पार्टीले २३ मत ल्याएको छ ।

पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ मा समाजवादी पार्टी विजयी भएको छ । समाजवादी पार्टीका रूपलालकुमार यादवले १ हजार ३१ मत ल्याए । प्रतिस्पर्धी काङ्ग्रेसका असेशरप्रसाद यादवले ८११ मत पाए । नेकपाका उदयशङ्करप्रसाद रौनियारले २३२ मत पाए ।

राजपा २ ठाउँमा विजयी
राष्ट्रिय जनता पार्टीले महोत्तरीको मटिहानी नगरपालिका–६ मा जितेको छ । मटिहानी–६ मा राजपाका उमेदवार रामबाबु नायक विजयी भए । उनले ३०१ मत ल्याए । प्रतिद्वन्द्वी नेकपाका मोहम्मद जाकिर अन्सारीले २७१ मत ल्याउँदा काङ्ग्रेसले दोहोरो अङ्क कटाउन सकेन । जम्मा २४ मत ल्यायो । सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ को वडाध्यक्षको उपनिर्वाचनमा राजपा निर्वाचित भएको छ । राजपाकी प्रमिलादेवी यादवले ५४० मत ल्याएर नेकपाका उमेदवार अच्छेलाल यादवलाई पराजित गरिन् । अच्छेलालले ५२९ मत ल्याए । कांग्रेसले त्यहाँ दोहोरो अङ्क कटाउन सकेन । काङ्ग्रेसका उमेदवार शिवनारायण मण्डलले १५ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com