ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति पुटिन र प्रधानमन्त्री दिमित्रीलाई नेपाल भ्रमणको निम्तो दिए फर्किए पराष्ट्रमन्त्री ज्ञवाली


एबीसी न्यूज
मंसिर १३, २०७६ शुक्रबार  ३ : ४३ बजे

काठमाडौं, १३ मंसिर ।रुसी महासंघ र गणतन्त्र सर्भियाको औपचारिक भ्रमणमा रहनुभएका पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली स्वदेश फर्किनुभएको छ । मन्त्री ज्ञवाली शुक्रबार बिहान करिब १० बजे त्रिभुवन अन्तर्राट्रिय विमानस्थल आइपुग्नुभएको हो । विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले रुस भ्रमणको क्रममा राष्ट्रपति पुटिन र प्रधानमन्त्री दिमित्री मेतभेदेवलाई नेपाल भ्रमणको निम्तो दिएको जानकारी गराउनुभयो ।

त्यस्तै भ्रमण वर्ष २०२० को अवसरमा नेपालमा आयोजना हुने सगरमाथा सम्वादमा आउन रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोलाई निम्तो दिएको जानकारी समेत दिनुभयो । मन्त्री ज्ञवालीले दुईपच्छीय सम्बन्धलाई निवकरण गर्दै व्यापार प्रवद्र्धन, लगानी अभिवृद्धि, पर्यटन, आर्थिक सहायता तथा सांस्कृतिक आदानप्रदानका क्षेत्रमा सहयोग र सहकार्य विस्तार गर्ने विषयमा छलफल गरिएको जानकारी समेत दिनुभयो । त्यस्तै संघाही कोअपरेसन अर्जनाइजेसनको पूर्ण सदस्य बन्नको लागि सहयोग गर्न आग्रह गरेको समेत उहाँले बताउनुभयो ।

उहाँले रुससँग विपद्का बेला उद्धारका लागि चाहिने र यूएन मिसनका लागि चाहिने सामग्री सहयोगको छलफल भएको समेत जानकारी दिनुभयो ।परराष्ट्रमन्त्री ज्ञवालीले सर्भियाको औपचारीक भ्रमणका क्रममा पनि दुई देशबीचको हितका विषयमा छलफल भएको जानकारी दिनुभयो । सर्भियासँगको सम्बन्धको ६० औं वार्षिकोत्सवको अवसर पारेर त्यहाँको कुनै एक सडकको नामाकरण महाकवि लक्ष्मीप्रसाद देवकोटाको नामबाट राख्न सर्भिया सकारात्मक रहेको समेत जानकारी दिनुभयो ।

परराष्ट्र मन्त्री रुसी महासंघ र गणतन्त्र सर्भियाको औपचारिक भ्रमणका  गत शनिबार रुसको राजधानी मस्को प्रस्थान गर्नुभएको थियो । उहाँले मंसिर ८ गतेदेखि ११ गते सम्म रुसको र ११ देखि १२ गते सम्म सर्भियाको भ्रमण गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन आज सार्वजनिक हुने, दोषीलाई विशेष अदालतमा मुद्दा चलाउन सिफारिस

अर्थमन्त्री वाग्लेको श्वेतपत्रः अर्थतन्त्रको बाह्य क्षेत्र बलियो, आन्तरिक उत्पादन र खर्च प्रणालीमा गम्भीर चुनौती (पूर्णपाठ)

सम्बन्धित

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन आज सार्वजनिक हुने, दोषीलाई विशेष अदालतमा मुद्दा चलाउन सिफारिस

संसद् स्थगित गरेर अध्यादेशमार्फत शासन चलाउने कदम लोकतन्त्रको मर्यादाविपरीतः कांग्रेस

महेश पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा

मंसिर ११ देखि १५ सम्म महाधिवेशन गर्ने नेकपाको निर्णय

नेकपाले गठन गर्‍यो संविधान संशोधन मस्यौदा कार्यदल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com