ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी ▶
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

७५ प्रतिशत अस्थायी शिक्षक स्थायी गर्ने ऐन विरुद्ध सर्बोच्चमा रिट दायर


एबीसी न्यूज
कार्तिक २४, २०७४ शुक्रबार   १२ : ०४   बजे

काठमाडौं २४ कात्तिक । ७५ प्रतिशत आन्तरिक प्रतिस्पर्धा गराउने शिक्षा ऐन नवौं संशोधनको व्यवस्था खारेजीको मागसहित सर्वोच्च अदालतमा रिट परेको छ । ७५ प्रतिशत आन्तरिक प्रतिस्पर्धाबाट छनोट गरिएमा दक्ष र स्थायी अध्यापन अनुमती पत्र लिएका सात लाख भन्दा बढी योग्य उम्मेदवारहरु बन्चित हुने रिटमा जिकिर गरिएको छ ।

शिक्षा ऐन आठौं संशोधनद्वारा कायम गरिएको ०७२ असोज २ को मिति र नवौं संशोधनमा व्यवस्था गरिएको ७५ प्रतिशतको व्यवस्था असमान, विभेदपूर्ण र सामाजिक न्यायको समेत विपरित भएकाले खारेज गरी योग्य उम्मेदवार सबैले प्रतिस्पर्धा गर्न पाउने गरी कानुनी व्यवस्था गर्न रिटमा माग गरिएको छ । संशोधित ऐनले ०७२ असोज भन्दा पछाडिका उमेदबारहरुलाई परीक्षामा बन्चित गराइएकाले हाल तोकिएको परीक्षा रद्द गर्न समेत माग गरिएको छ ।
काभ्रेको नवबुद्ध नगरपालिकाका शिवप्रसाद पाण्डेले सर्बोच्चमा रिट हाल्दै तत्काल अन्तरिम आदेशको माग गरेका छन् ।

धेरै लामो समयदेखि अस्थायी शिक्षकहरुले स्वत स्थायी गर्नु पर्ने आन्दोलन गर्दै दवाव दिंदै आएका थिए । अस्थायी शिक्षकको मागलाई नवौं संशोधनले ७५ प्रतिशत पुर्याएर सम्वोधन गरेको थियो ।

आगामी मंसिर ३ गते सम्म निवेदन माग गरिएकामा प्राथमिक र निम्न माध्यमिक तहका लागि ०६१ साउन २१ गतेसम्म रिक्त रहेको पदमा ०४९ पुस २० गतेभन्दा अघि स्थायी नियुक्ति पाई ०७३ असार १५ गतेसम्म निरन्तर अध्यापन गराइरहेको शिक्षकहरु परीक्षामा सहभागी हुन पाउनेछन् ।
माध्यमिक तहका लागि ०६१ साउन २१ गतेसम्म रिक्त रहेको पदमा ०४९ पुस २० गतेभन्दा अघि अस्थायी नियुक्ति पाई २०७३ असार १५ गतेसम्म निरन्तर अध्यापन गरेको हुनुपर्ने छ ।
तर परीक्षाको मिति भने सरकारले तोकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कृषि र उर्जा उज्यालोको मुल मुद्धा ः उज्यालो पार्टी,उपाध्यक्ष, डा. लावती भिडियो ।

प्रधानमन्त्री साहले राजीनामा दिनुपर्छ ः एमाले नेता, सुवेदी भिडियो

सम्बन्धित

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

सर्वोच्चको फैसला– ‘चेक बाउन्स गरे रकम मात्र होइन, ब्याज पनि तिर्नुपर्छ’

सुकुमवासी व्यवस्थापनबारे प्रधानमन्त्री– ३५ वर्षमा नभएको काम ३५ मिनेटमै नखोजौं

छानबिन समितिले लियो सुधन गुरुङको बयान, आज पनि जारी

मधेश सरकार विस्तारमा ढिलाइ, शपथ नै नलिई फर्किए एमालेका प्रस्तावित मन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group