ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ऊर्जामा ढुक्क भएर लगानी गर्नुस् – अर्थमन्त्री खतिवडा


एबीसी न्यूज


काठमाडौं, ७ मंसिर । अर्थमन्त्री डा युवराज खतिवडाले ढुक्क भएर नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि अन्तरराष्ट्रिय लगानीकर्तालाई आग्रह गर्नुभएको छ ।

पावर समिट, २०१९ को ‘नेपालको ऊर्जा क्षेत्रमा लगानी र क्षेत्रीय विकास’ विषयक सत्रलाई शुक्रवार सम्बोधन गर्दै उहाँले विदेशी बैंक तथा अन्तरराष्ट्रिय वित्त साझेदारलाई ऊर्जामा लगानीका लागि आग्रह गर्नुभएको हो । नेपालमा इन्धनमार्फत उत्पादन हुने ऊर्जाको खपत धेरैमात्रामा रहेकाले यसलाई केही वर्षभित्रै १५ प्रतिशतले कम गर्ने उहाँको भनाइ थियो ।

संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्यअनुसार नै नेपालमा विकासका काम कारवाही अगाडि बढिरहेकाले नवीकरणीय ऊर्जामा लगानी गरेर प्रतिफल लान कुनै समस्या नभएको उनको भनाइ थियो । “म विदेशी लगानीकर्तालाई नेपालको समग्र ऊर्जामा लगानी गर्न आह्वान गर्दछु । लगानीको प्रतिफल फिर्ता लैजान नेपालले सहज वातावरण सिर्जना गरेको छ । कुनै समस्या छैन ।”

सरकारले विद्युतीय सवारीलाई प्रवद्र्धन गरिरहेको जानकारी दिँदै उहाँले आगामी पाँच वर्षमा प्रतिव्यक्ति विद्युत् खपतको दरलाई बढाएर एक हजार ५०० युनिट बनाउने योजना रहेको उहाँले जानकारी दिनुभयो । नेपालका बैंकले उत्पादनमूलक क्षेत्रमा गरेको लगानीले गति लिँदै गरेकाले पनि निजी बैंक तथा वित्तीय संस्थालाई अहिलेकै गतिमा लगानी विस्तार गर्न आग्रह गर्नुभयो । “नेपालको जलविद्युत् तथा पूर्वाधार क्षेत्रमा लगानी गर्न विशेष व्यवस्था गर्न लागिएको छ । यसका लागि सरकारले स्वदेश तथा विदेशमा सोहीअनुसार लगानी जुुटाइनेछ”, अर्थमन्त्री डा खतिवडाले भन्नुभयो ।

एशियाली पूर्वाधार विकास बैंकका महानिर्देशक यी यिन पाङले नवीकरणीय ऊर्जामा लगानी विस्तार गर्ने योजनामा रहेको बताउनुभयो । उहाँले नेपालको जलविद्युत् क्षेत्रका तीन वटा आयोजनामा लगानी गरिरहेको र निकट भविष्यमै ठूला आयोजनमा लगानीका लागि तम्तयार रहेको जानकारी दिनुभयो ।

नवील बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले नेपालका बैंकले जलविद्युत्मा लगानी विस्तार गरिरहेको जानकारी दिनुभयो । कार्यक्रममा लगानीकर्ता कुुशकुुमार जोशीले नेपालमा जलविद्युुत्का आयोजना समयमा नै नसकिने समस्या रहेको गुनासो गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com