ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा इन्टेरियर डिजाइनरहरु व्यवसायिक रुपमा अगाडी बढ्दै


एबीसी न्यूज


काठमाडौं, २ मंसिर । इन्टेरियर डिजाइनर एसोशियसन अफ नेपाल (आइडिया नेपाल)ले आफ्नो १६औं वार्षिकोत्सव मनाएको छ । इन्टेरियर डिजाइनरहरुको पेशागत हक अधिकारको रक्षा र सम्वद्धनको लागि भन्दै २०६० सालमा स्थापना भएको आइडियाले १६औं वर्ष पूरा गर्न सफल भएको छ ।

आइडियाले आइतबार काठमाडौंस्थित कालोपुलको वेष्ट भेन्यूमा आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा इन्टेरियरको ठूलो जमात देख्दा निकै खुसी लागेको बताउनुभयो । विगतमा आफूले घर निर्माणमाइन्टेरियर डिजाइनरको प्रयोग नगर्दा २ पटकसम्म भत्काउँदै बनाउँदै गर्नुपरेको अनुभव सुनाउँदै उहाँले कुनै पनि संरचना निर्माण गर्दा नक्सा कोर्दा देखिनै डिजाइनरलाई लिने हो भने सोचेभन्दा राम्रो संरचना बन्ने दाबी गर्नुभयो ।

अध्यक्ष श्रेष्ठले नेपालमा इन्टेरियर डिजाइनरहरु व्यवसायिक रुपमा अगाडी आएकोमा बधाई समेत दिनुभयो । सहज रोजगारीको लागि इन्टेरियर डिजाइनिङ उपयोगी विषय भएकाले युवा पुस्ताको आकर्षण बढ्दै गएको र नेपालमा यो विषयको अध्यापनका लागि पहल गर्न नेपाल सरकारलाई आग्रह गर्नुभयो ।

आइडिया नेपालकी अध्यक्ष विन्द्रा कक्षपति प्रधानले नेपालमा इन्टेरियर डिजाइनरहरुको समुचित विकास र प्रवद्र्धनका लागि पहल गरेको बताउनुभयो । इन्टेरियर डिजाइनिङ पेशाको महत्व र प्रभाववारे जानकारी गराउँदै उनले हरेक व्यक्ति, घर, समाज अनि राज्यले पेशाको प्रभावकारितालाई बुझिदिन आग्रह गर्नुभयो । अध्यक्ष कक्षपतिले भन्नुभयो्, ‘आइडियाले स्वीट सिक्सटीन मनाइरहेको छ । यो उमेर भनेको उर्जाशिल र भविष्य कोर्ने उमेर हो त्यसैले यसलाई बलियो बनाउन सवैको साथ चाहिएको छ ।

त्यसैगरी, कार्यक्रममा बोल्दै आइडियाकी संस्थापक अध्यक्ष प्रा.डा. मथुरा कार्कीले १६ वर्ष अघिको अवस्था र अहिलेको अवस्थामा आएको परिवर्तन स्मरण गर्दै अहिले थुप्रै अवसर भएकाले इन्टेरियर डिजाइनको विषय छनौट गरी राम्रोसँग अध्ययन गर्न नयाँ पुस्तालाई आग्रह गरिन् । कार्यक्रममा बोल्दै आइडियाका महासचिव श्यामबहादुर श्रेष्ठले आफू र आफ्नो पेशाबारे परिचय दिँदै हिँड्नुपर्ने अवस्थाबाट व्यवसायिकतामा फड्को मारिएको बताउनुभयो । उहाँले त्यो अवस्थाबाट उठेरअहिले निकै ठूलो परिवर्तन भएको दाबी गर्दै राज्यका उच्च निकायले यो पेशालाई स्थान दिएर देश निर्माणमा इन्टेरियरलाई पनि सहभागि गराउनुपर्ने बताउनुभो ।

वार्षिकोत्सवको अवसरमा साउथ एशियन एएमएफका निर्देशक टेडी डिसुजाले इन्टेरियर डिजाइनिङमा सुरक्षा प्रविधिको प्रयोगबारे प्रस्तुती दिएका थिए ।

कार्यक्रममा स्कूल, अस्पताल, व्यवसायीक भवन, घर आदिको निर्माण गर्दा सुरक्षित इन्टेरियरबारे हरेक इन्टेरियर डिजाइनर सजग हुनुपर्ने धारणा राखेका थिए । सोही कार्यक्रममा संस्था, डिजाइनर, उद्यमी, व्यवसायी र उनीहरुको कार्यबारे सूचना सम्प्रेषण गर्नेगरीप्रकाशन प्रारम्भ भएको आइडियाको ‘न्यूज लेटर’ पनि सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com