
काठमाडौं, १५ कात्तिक । काठमाडौमा रहेको पाकिस्तान राजदुतावासले ‘कस्मिर ब्ल्याक डे’ कार्यक्रम आयोजना गरेको छ । प्रत्येक वर्ष अक्टोबर २७ लाई कस्मिर कालोदिवस मनाउदै आएको पाकिस्तानले आज दुतावासमै एक कार्यक्रम गरी ब्लाक डे मनाएको हो ।
कालो दिवसको अवसर पारेर पाकिस्तानी दूतावासले जम्मु कस्मिरको बिवाद र अहिलेको अवस्थाको बारेमा अन्तक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा सम्बोधन गर्दै नेपालका लागि पाकिस्तानी राजदुत डाक्टर मजहर जावेदले ५ अगस्तमा भारतले जम्मू–कश्मीरबाट अनुच्छेद ३७० लागु गरेपछि कस्मिरको अवस्था अझै दयनिय भएको बताउनुभयो । राजदूत डाक्टर जावेदले भारतले अन्तराष्ट्रिय कानुन मिलेर कस्मिरका जनतालाई स्वास्थ्यसेवा, इन्टरनेट, लगायत आधारभूत आवश्यकताको पहुचमा समेत बन्देज लगाएर मानव अधिकारको हनन गरिहेको आरोप लगाउनुभयो ।
पाकिस्तानले भारतले आफनो कस्मिरी भूभाग कब्जा गरेको भन्दै सन् १९४७ देखि कालो दिवस मनाउंदै आएको छ । पाकिस्तानले कस्मिरमा अहिलेसम्म भारतीय सुरक्षाकर्मीबाट हजारौ निर्दाेष व्यक्तिको हत्या भएको भन्दै कस्मिर बिवाद समाधानको लागि अन्तराष्ट्रिय समुदायलाई आग्रह गर्दै आएको छ । तर, विवाद समाधान गर्न भारतले नमानेको पाकिस्तानको आरोप छ ।








प्रतिक्रिया दिनुहोस्