ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वडा कार्यालयको सामग्री लुटपाट, प्रहरीद्वारा हस्तक्षेप


admin

काठमाडौं, १४ कात्तिक । नमोबुद्ध नगरपालिका–३ वडा कार्यालयको सामग्री आज लुटपाट भएको छ । भेँडाबारीस्थित वडा कार्यालयबाट सामग्री लुटेर गाडीमा लैजाँदै गर्दा देउराली चोकमा प्रहरीले हस्तक्षेप गरी सुरक्षित गरेको छ ।

नेपाली काङ्ग्रेस समर्थित भूपू सैनिक सङ्घ काभ्रेपलाञ्चोकको जिल्ला अध्यक्ष नमोबुद्ध नगरपालिका–३ दाहालटार निवासी इन्द्रप्रसाद दाहालको नेतृत्वमा गएको २०/२२ जनाको समूहले वडा कार्यालयको डेक्सटप कम्प्युटर एक, ल्यापटप कम्प्युटर एक, दराज, सम्पूर्ण कागजपत्र फाइल, कार्यालयका टेबुल–कुर्सीलगायत सबै सामग्री लुटेर लगेको वडाध्यक्ष रामशरण हुमागाईंले जानकारी दिनुभयो । उहाँले आफू वडा कार्यालयको जमीन व्यवस्थापन तथा नापजाँचसम्बन्धी कामका लागि नापी कार्यालय धुलिखेल आएको मौकामा आज काङ्गे्रसका स्थानीय नेता कार्यकर्ताले वडाका सम्पूर्ण सामग्री लुटेर लगेको बताउनुभयो ।

करीब ११ बजे दुई वटा ट्रक लिएर आएका उनीहरुले वडा कार्यालयमा बसेका वडासदस्य शिवप्रसाद भूर्तेल, वडा सचिव रामचन्द्र श्रेष्ठ र वडाका कर्मचारी प्रमिला हुमागाईंलाई बाहिर निकाली काङ्ग्रेसका स्थानीय नेता कार्यकर्ताले सामग्री लगेको वडाध्यक्ष हुमागाईंले बताउनुभयो । “म वडा कार्यालयकै भवन बनाउन जमीन नापजाँचसम्बन्धी काम गर्नका लागि सदरमुकामस्थित नापी कार्यालय गएको बेला काङ्ग्रेसका नेता कार्यकर्ताले सामग्री लुटेर लगेछन्, मलाई वडासदस्य श्रेष्ठले जानकारी गराएपछि मात्रै थाहा पाएँ”, उहाँले भन्नुभयो ।

केही समयदेखि वडा कार्यालय सार्ने विषयमा काङ्ग्रेसका नेता कार्यकर्ताले आफूलाई दाहालटारमा सार्नुपर्छ भन्दै दबाब भइरहेको वडाध्यक्ष हुमागार्इंले बताउनुभयो । उहाँका अनुसार भेँडाबारीस्थित एक घरमा अस्थायीरुपमा सञ्चालन गरिँदै आइएको वडा कार्यालय वडाको केन्द्र भाग पर्ने गरी देउराली डाँडामा राख्ने निर्णय वडास्थित जनप्रतिनिधि तथा नगर कार्यपालिकासमेतको बैठकले निर्णय गरिसकेको छ । उहाँले भन्नुभयो, “दाहारटारमा वडा कार्यालय सार्न निकै दबाब थियो, दाहालटार वडाको केन्द्र भाग पर्दैन, वडा र नगरले नै देउरालीमा राख्ने निर्णयपछि ढुक्क थियौँ, तर आफैँ सामग्री लुटेर लैजान थालेपछि थप विवाद निकाल्न खोजियो ।”

भूपू सैनिक सङ्घका जिल्ला अध्यक्ष दाहालले आफूहरुले वडा कार्यालयको सामग्री निकालेर ल्याएको स्वीकार्नुभयो । उहाँले भन्नुभयो, “वडावासीको चाहना दाहालटारमा वडा कार्यालय बनाउने छ, उनीहरुले एकलौटी निर्णय गरेर हुँदैन, त्यसैले सामग्री उठाएर ल्याएका हौँ ।” वडा कार्यालय सार्न आफूसँग सयौँ वडावासी गएको उहाँले दाबी गर्नुभयो ।

वडा कार्यालयको सामग्री ल्याएपछि जिल्ला प्रहरी कार्यालय धुलिखेलबाट गएको प्रहरी टोलीले देउराली चोकमा हस्तक्षेप गरी गाडी नियन्त्रणमा लिएको थियो । करीब १ बजे पुगेको प्रहरीले कार्यालयको सामग्री सुरक्षित गर्न लुटपाटमा संलग्नलाई तितरवितर पारेको थियो । “हामीले सामग्री सुरक्षित गरी, पुन : कार्यालयमा सामग्री फर्काएका छौँ”, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटाले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com