ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चुनाबका बेला पैसा र कटहर बाडेको आरोप लागेपछि जापानका अर्थमन्त्रीले दिए राजिनामा


admin
कार्तिक ८, २०७६ शुक्रबार  १ : ३० बजे

काठमाडौं, ८ कात्तिक । जापानका नवनियुक्त व्यापारमन्त्रीमाथि निर्वाचन कानुन उल्लंघन गरेको आरोप लागेपछि उनले राजीनामा दिएका छन्। इसु सुगावाराले टोकियोका आफ्ना मतदाताहरूलाई महँगो फलफूल र गँगटो उपहार दिएको पत्रपत्रिकाहरूले लेखेका थिए। उनले एक समर्थकको परिवारलाई समवेदना जनाउन २० हजार जापानी येन दिन खोजेको बताइएको छ।

जापानको निर्वाचन कानुनले राजनीतिज्ञहरूलाई आफ्नो मतदाताहरूलाई चन्दा दिन रोक लगाएको छ। साप्ताहिक पत्रिका शुकान बुन्सुनले सुगावाराको सहयोगीले एकजना मतदाताको मृत्यु भएपछि उनको परिवारलाई २० हजार येन दिन खोजेको लेखेपछि यी आरोपहरू सार्वजनिक हुन थालेका थिए। संचारमाध्यमहरुले जनाए अनुसार उनले चुनाबका बेला मतदाताहरुलाई पैसा सहित कटहर लगाएतका महंगा समानहरु वितरण गरेको समाचारहरु सार्बजनिक भएपछि उनले राजिनामा दिन बाध्य भएका हुन् ।

अर्थमन्त्रीले राजिनामा दिएको बिषय संसदमा छलफल गर्न समय नभएको भन्दै प्रधानमन्त्री आबेले उनको राजिमाना स्वीकृत गरेका छन् । आर्थिक र औधोगिक क्षेत्रका धेरै मुद्दाहरु हेर्नु पर्ने हुन्छु राजिनामा स्वीकृत गर्दै आबेले भनेका छन् समस्याको कारण स्थिर हुन सक्दैन । प्रधानमत्री आबेले उनको राजिनामा स्वीकार गर्ने क्रममा जनतासंग माफी पनि मागेका छन् ।

ुअर्थमन्त्रीको क्रियाकलापले जनतालाई दुख लागेको छ, यसका लागि म तपाइहरु संग माफी माग्दछुु आबेले भनेका छन्  कुनै पनि आर्थिक समस्या आउन दिने छैन, त्यसैले अबको जिम्मेवारीका लागि हिरोशी हाताकेयामालाइ अनुरोध गरेको छु ।

जापानमा मृतकको परिवारलाई पैसा दिनु सामान्य चलन हो। सो पत्रिकाले सुगावाराले पठाएको उपहारहरूको सूची र उनलाई धन्यवाद भनिएका पत्रहरू प्रकाशित गरेको थियो।सुगावाराले शुक्रवार आफूले निर्वाचन कानुन तोडेको हो कि होइन भन्ने कुरा अध्ययन गरिरहेको तर राजीनामा गर्ने निर्णय गरेको बताएका छन्।

“म मेरो समस्याको कारणले संसद्‍मा हुने छलफल ढिला होस् भन्ने चाहन्न,” सुगावाराले बताए। प्रधानमन्त्री सिन्जो अबेले भने: “उनलाई नियुक्त गरेको जिम्मेवारी म लिन्छु। म जापानी नागरिकहरूसँग माफी चाहन्छु।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिरको बाटो हिंड्दै प्रचण्डले भने : ‘समाजवादको नयाँ यात्रा गर्न रुकुम पूर्व आएको हुँ’

रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा

सम्बन्धित

सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि सडकमा वृद्धलाई दुर्व्यवहार गर्ने चालक पक्राउ

द्रूतमार्गको प्रस्थानविन्दु थाती राखेर वैकल्पिक योजनालाई अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com