ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बलात्कारपछि हत्या घटनामा १९ वर्षपछि अमेरिकाबाट पक्राउ परेका गौतम जेल चलान


admin
कार्तिक ७, २०७६ बिहीबार  १ : २८ बजे

 

काठमाडौ , ७ कात्तिक ।ढिलो चाँडो होला तर अपराधी कहीँ गए पनि छुट्दैन भन्ने उदाहरण पेस गर्दै प्रहरीले बलात्कारपछि हत्या गरेको घटनामा संलग्न एक व्यक्तिलाई १९ वर्षपछि पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दाका फरार कसुरदार झापा भद्रपुर नगरपालिका–९ घर भएका ४२ वर्षीय लीलाराज गौतमलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतबाट जन्मकैद फैसला सुनाइएका गौतमलाई इन्टरपोलको सहयोगमा अमेरिकाको मियामीबाट पक्राउ गरी बुधबार काठमाडौँ ल्याइएको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले जनाएको छ । उनलाई बुधबार नै जिल्ला अदालत काठमाडाँैमा पेश गरिएकोमा अदालतको आदेशले कारागार कार्यालय डिल्लीबजार चलान गरिएको व्यूरोका प्रहरी उपरीक्षक आभूषण तिमिल्सिनाले जानकारी दिनुभयो ।

विसं २०५७ असोज २९ गते राति सन्ध्या राजवंशीलाई सीताराम बस्नेतले घरबाट बोलाइ लगेको तथा गौतम र मनोज खड्कासमेतले करणी गरी घाँटी थिची हत्या गरेर रुखमा झुण्ड्याइ भागेका थिए । असोज ३० गते बिहान झापाको चारआली जङ्गलमा सन्ध्याको शव झुण्डिएको अवस्थामा फेला परेको थियो । सोही घटनामा सर्वोच्चले दोषी ठहर गरेको थियो । दुई दिनअघि मात्रै आफ्नै बाबुको हत्या गरेको आरोप लागेका अर्का एक व्यक्तिलाई पनि प्रहरीले २० वर्षपछि पक्राउ गरेको थियो ।

दुर्घटनामा मृत्यु

काठमाडौँ महानगरपालिका १५ हलचोकस्थित सडकमा बा४ख ८४०६ नंको बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

बुधबार बसले ठक्कर दिँदा गम्भीर घाइते नागार्जुन नगरपालिका–३ ठूलो भ¥याङकी ६७ वर्षीया सानुमाया श्रेष्ठको मनमोहन अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पैदल हिँड्दै गर्दा उनलाई बसले ठक्कर दिएको थियो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

यसैबीच काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१० कपनस्थित आदर्शनगर चोक डेरा गरी बस्ने एक व्यक्ति मृत फेला परेका छन् । बारा सिम्रौनगढ घर भएकी ३५ वर्षीया सन्तमाया शाह आफ्नै कोठामा मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

गृहमन्त्रीको राजीनामावारे भारतीय मिडिया भन्योले बालेन सरकारलाई अर्को झट्का

सुधनको राजीनामाप्रति प्रचण्ड– जे गर्नुभयो, राम्रो गर्नुभयो

सम्बन्धित

विवादित भूमिका : सरकार बनेको २६ दिनमै गयो २ मन्त्रीको पद

राजीनामा बुझाएर प्रधानमन्त्री कार्यालयबाट बाहिरिए सुधन गुरुङ

धितोपत्र बजारको ‘अदृश्य खेल’: ५ अर्बको चलखेलदेखि अध्यक्षको राजीनामासम्म !

अमेरिकी सहायक मन्त्री कपुरको भ्रमण: दिल्ली र बेइजिंग सशंकित !

नेकपा स्थापना दिवस : च्यासलको कार्यक्रममा ओलीले सम्बोधन गर्ने

काठमाडौंमा अब बसपार्कबाट मात्र यातायात सञ्चालन गर्नुपर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com