ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फुल खेतीलाई ब्यवसाय बनाउ खोजे पनि राज्यसंग फुल खेती सम्बन्धीनिती नभएकै कारण लगानी डुब्ने खतरा (भिडियोसहित)


एबीसी न्यूज
कार्तिक ७, २०७६ बिहीबार  १० : ४२ बजे

 

काठमाडौं, ७  कात्तिक ।  सरकारको कृषि संयन्त्रहरुले खाद्यान्ह, तरकारी, फलफुल र पशुपालन जस्ता बिषयमा कृषि निती बनाउन खोजेपनि हरेक वर्ष करोडौं रकम बिदेशी रहेका पुष्पब्यवसायलाई भने पुरै बेवास्ता गरेको छ । रुपन्देहीका केहि उत्साहि महिलाहरुले फुल खेतीलाई ब्यवसाय बनाउ खोजे पनि राज्यसंग फुल खेती सम्बन्धीनिती नभएकै कारण उनीहरुको लगानी डुब्ने खतरा देखिएको छ ।

नेपालमा मेलापर्व होस् वा पुजाआजा, सभा सम्मेलन वा स्वागत सत्कार । हरेक कार्यहरुमा सबै भन्दा रुचाईने बिषय हो फुलको माला । तर यति धेरै आवश्यकता भित्र पर्ने फुल र फलका मालाकै लागि देशको करोडौं रकम हरेक वर्ष मुलुक बाहिर जाने गरेको छ । पछिल्लो समय त सक्कली फुलमा मात्र होईन नक्कली फुलमा पनि नेपालीहरुको लाखौं रकम मुलुक बाहिर जाने गरेको छ ।

तिहार, यो पर्वलाई नेपालमा फुलहरुको पर्व पनि भनिन्छ । नेवार जातीले घ्वाल्ल गर्ने काम देखि अन्य जाती समुदाययले सयपत्री र सुपारी फुलको माला लगाउने कार्य सम्म फुलहरु कै प्रयोग हुने गर्दछ । सक्कली फुलको माला पाउनै छाडेपछि र पाएपनि महङ्गो पर्न थालेपछि नक्कली मालाको बिगबिगी बजारमा ह्वात्तै बढेर गएको छ । बुटवल नेपालगन्जरोडका मजिद मियाले मात्र बार्षिक ७० लाख बढीको नक्कली फुलको मालाको कारोबार गर्छन् ।

हरेक वर्ष फुलहरुमा नेपाली रकम बिदेशीन थालेपछि अघिल्लो वर्ष देखि रुपन्देहीको तिलोत्तमा फुल खेती सुरु गरिएको थियो । तिलोत्तमाबाट सुरु भएको फुल खेति यस वर्ष बढेर जिल्लाका दर्जन बढी स्थानमा फैलिएको छ ।

प्रदेश नम्बर ५ मै पहिलो फुल खेतीगर्न सिकाउने संस्थाले लगाएको फुल खेतीभने यस वर्ष फस्टाउन सकेन । अधिक वर्षा र फुलको लागि आवश्यक माटोको पहिचान गर्न नसक्दा महिलाहरुको समुह तिलोत्तमा सहकदम कृषक समुहकी सदस्य पार्वती गिरीले लगाएको फुल यस वर्ष निकै कम फुलेको गुनासो गर्छिन् ।

सरकार संग फुल खेती सम्बन्धी निती नै नभएका कारण फुल खेत गर्न अग्रसर भएका महिलाहरु पछि हट्ने सम्भावना देखिएको फुष्प ब्यवसायीहरुले बताएकाछन् । उनीहरुले राज्यका प्राबिधीकहरुले सबै प्रकारका बाली लगाउन सीकाउने गरेता पनि फुल लगाउने बिधि र तरिका राज्यकै कृषि निकायलाई थाहा नभएको बताउंछन् ।

राज्य दाल, भात तरकारी, फलफुल, दुध, दहि मोई र माछा मासुको कार्यक्रम ल्याउंछ, तर फुलको कार्यक्रम ल्याउंदैन । जडीबुटीजन्य बनस्पतीको कुरा गर्छ, रुख बिरुवाको कुरा गर्छ तर करोडौं रकम बाहिरिरहेको फुलको कुरा गर्दैन । राज्यसंग फुल खेतीका बिषयमा एकजना पनि बिज्ञ छैनन् । तर नेता ज्युहरुको मुखै छोपीनेगरि गला भरिको मालाको चाहाना बढ्दै गएको छ । तर उनीहरुमा मालाको खेती गर्ने बिधि बनाउने चेत देखिएको छैन ।

हो, राज्यका कृषि सम्बन्धी निकायसंग खाद्य बाली, तरकारी फलफुल तथा पशुपालन सम्बन्धी कामचलाउ निती रहेपनि राष्ट्रको करोडौं रकम मुलुक बाहिर जाने फुल खेत गर्ने निती छैन । संघिय देखि प्रदेश र स्थानीय सरकारले समेत फुल खेतीका प्राबिधकि जनशक्ति उत्पादन गर्ने तर्फ चासो देखाएको छैन । परिणाम राज्यको धुकुटी जोगाउन आफै फुल खेतीगर्न तम्सेका ब्यवसायीहरुको लगानी डुब्ने संभावना देखिएको छ । महिलाहरुको फुल खेतीप्रतिको उत्साहलाई प्रोत्साहन गर्नु राज्यको कर्तब्य होईन र ?

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वापाकै सांसद भन्छन् – झन्डै दुई तिहाइको सरकारले अध्यादेश ल्याउनु बहादुरी होइन

एन्थ्रोपिकको पछिल्लो एआई मोडलबाट विश्वका बैंकहरू किन यति धेरै डराएका छन्?

सम्बन्धित

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

अमेरिकी सैनिक आधारहरूको वैश्विक जालो र यसको प्रभाव

नयाँ खामेनी र इरानको उत्तराधिकार राजनीति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com