ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाल्पाको रिब्दीकोट गोलभेंडाको पकेट क्षेत्र बन्दै, एकै सिजनमा करोड बढीको गालेभेंडा निकासी


admin


पाल्पाको रिब्दीकोट गाउँ पालिका वडा न सात मैनादी गोलभेडाको पकेट क्षेत्रको रुपमा चिनाउदै लगेको छ । यो गाउँबाट यो वर्ष मात्रै एक करोड बढी गोलभेडा निकासी हुने अनुमान किसानहरुले गरेका छन् ।

पाल्पाको रिब्दीकोट गाउँपालिका भित्रको मैनादी गाउँका किसानहरु यती बेला गोलभेडा बेच्नमै ब्यस्त बनेका छन । किसानको मेहनतलाई उच्च मुल्याङकन गरेर रिब्दीकोट गाउँपालिकाले गोलभेडा उत्पादन गर्ने किसानलाई नगद अनुदान समेत प्रदान गरेको छ ।

रिब्दीकोट गाउँपालिकाले मैनादीका ४९ जना किसानलाई उत्पादनका आधारमा २ लाख २३ हजार चार सय चार रुपैयाँ अनुदान वितरण गरको छ । यो वर्षको साउन र भदौ महिनामा उत्पादित गोलभेडाको उत्पादनका आधारमा मैनादी कृषि सहकारी संस्थामा आवद्ध ४९ किसानले दुई महिनामा उत्पादित १ लाख ३२ हजार किलोग्राम गोलभेडामा अनुदान वितरण गरिएको गाउँपालिका अध्यक्ष नारायणबहादुर जीसीले बताउनुभयो ।

सरकारी अनुदानसंगै मैनादी भित्रका ६० घरधुरीका किसान गोलभेडा खेतीतर्फ आर्कषण देखिएका हुन् । कम लगानी सजिलो र सरल तरिकाबाट सांझ बिहानको मेहनतले मात्र गोलभेडा खेती गर्न सकिने भएकोले यो खेतीमा किसान बढी आर्कषित देखिएका हुन ।

गाउँपालिकाले अब निम्न वर्गीय परिवारलाई सम्वोधन हुने गरी पाँच सय किलो भन्दा कम उत्पादन गर्ने किसानलाई पनि अनुदान व्यवस्था गर्न आवश्यक देखिएको छ । गोलभेडासँग सुन्तला र मासुमा पनि अनुदानको कार्यक्रम ल्याउने गाउँपालिकाको सोच रहेको गाउँपालिकाका प्रशासकीय अधिकृत ऋषिराम अर्याल बताउंछन् । यस्तो खालको अनुदानले गरीब तथा बेरोजगार यूवाहरुलाई कृषि क्षेत्रमा आकर्षण बढाउने र कृषि क्षेत्रमा रहेका किसानलाई व्यवसायिक बनाउन सहयोग गर्ने उहाँको विश्वास छ ।

किसानले गोलभडाबाट गाउँ पालिकाको १७ हजारसम्म नगद अनुदान प्रापत गरेका छन् । मैनादी बाट दैनिक उत्पादन भएको गोलभेडा पाल्पा पोखरा, स्याङ्जा, रुपन्देहीमा निकासी हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

कार्कीको पहिलो सम्वोधनका मुख्य मुख्य कुराहरु यस्ता छन्

२४, २५ र २६ गतेका स्नातक तहका परीक्षा त्रिविले सार्‍यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com