ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाल विवाह गरिरहेका बेहुलाबेहुलीसहित सात जना पक्राउ


एबीसी न्यूज
आश्विन १७, २०७६ शुक्रबार  ८ : ४२ बजे

काठमाडौं, १७ असोज । सल्यानमा बालविवाह गर्ने गराउने सातजनालाई प्रहरीले पक्राउ गरेको छ । सिद्धकुमाख गाउँपालिका–४ चाँदेकरेञ्जीमा बाल विवाह गरिरहेको अवस्थामा विवाहको मण्डपबाटै बेहुलाबेहुलीसहित सातजनालाई आज प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिद्धकुमाख गाउपालिका– ४ चाँदेकरेञ्जीका बेहुला १९ वर्षीय रत्नबहादुर बोहरा र सोही ठाउँकी बेहुली १९ वर्षीया भुमाकुमारी रावत रहेका छन् । बेहुला लोकबाहादुर बोहराको घरमा विवाह भइरहेको भन्ने गोप्य सूचनाका आधारमा पुगेको प्रहरीले बेहुलाका बुबा ४१ वर्षीय लोकबहादुर बोहरा र उहाँकी श्रीमती माया बोहरा, बेहुलीकी आमा ४० वर्षीया कलौटी रावत र बुबा ४२ वर्षीय रत्नबहादुर रावत तथा बालविवाह गराउने पण्डित कुशे नगरपालिका–९ जाजरकोट घर भएका २५ वर्षीय नवीन आचार्यलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाका अनुसार बाल विवाह भइरहेको भन्ने प्राप्त गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको टोलीले उनीहरुलाई मण्डपबाटै पक्राउ गरी प्रहरी हिरासतमा राखिएको छ ।

पक्राउ परेका सबैलाई अनुसन्धान गरी मुद्दा दायर गरिने प्रहरी नायब उपरीक्षक खतिवडाले जानकारी दिनुभयो । सल्यान जिल्लामा बालविवाहको दर उच्च रहेकाले यसको न्यूनीकरणमा प्रहरीले कुनै कसर बाँकी नराख्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अध्यादेश : राजनीतिक नियुक्तिको सफाया- के यो साँच्चै सुधार वा सत्ता स्वार्थको नयाँ खेल ?

रुपन्देहीमा बस दुर्घटना, दुई जनाको मृत्यु

सम्बन्धित

टहरो गुमाउँदा लुगा फेर्न र जुत्ता लगाउनसमेत नपाएको गुनासो

‘मालिक होइन, सेवक बनौँ’ — रास्वपा सांसदलाई रवि लामिछानेको १२ बुँदे कडा निर्देशन

अध्यादेश दल फुटाउन वा विपक्षी थुन्न होइन, सुधारका लागि हो : रास्वपा

सरकारले राष्ट्रपति कार्यालय पठायो थप तीन अध्यादेश

सरकारले फेरि बढायो गाडी भाडा, अब कति पुग्यो ?

बैँकले खातावालालाई नै उपस्थित गराउन भनेपछि बहिनीको कङ्काल लिएर पुगे दाजु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com