ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिविको क्याम्पसमा ईञ्जिनियरिङ पढाई हुने भएपछि दाङका विद्यार्थी दङ्ग (भिडियोसहित)


एबीसी न्यूज

दाङ , १६ असोज । पछिल्लो समय दाङमा एकपछि अर्काे शैक्षिक संस्था थपिदै जादाँ जिल्ला नै शैक्षिक हव बन्दै गएको छ । दाङमा त्रिभुवन विश्वविद्यालयको प्रदेशस्तरीय इञ्जिनियरिङ क्याम्पस सञ्चालन हुने भएको छ । सातवटै प्रदेशमा सरकारी इञ्जिनियरिङ क्याम्पस सञ्चालन गर्ने सरकारको योजनाअनुसार यो वर्ष प्रदेश २, ५ र ७ मा नयां क्याम्पस थपिएको हो ।

सरकारी क्याम्पसमा इन्जिनियरिङ पढाई हुने भएपछि बिद्यार्थी र अभिभाबक खुसी भएका छन् । त्रिभुवन विश्वविद्यालयको ईन्जिनियरिङ क्याम्पस पश्चिम नेपाल मै नभएको बेला दाङमा संचालन हुनु आफैमा गरिमाको विषय बनेको छ । दाङमा प्रदेश ५ को इञ्जिनियरिङ क्याम्पस आएको भएपनि दीगो रुपमा चलाउने सक्ने इच्छाशक्ति भने देखिन आवश्यक छ । क्याम्पसमा राजनीति धेरै हुने भएकाले राजनीतिको चपेटामा नपारी दिर्घकालीन रुपमा क्याम्पस संचालन गर्ने वातावरण बनाउनुपर्ने विद्यार्थीहरु बताउंछन् ।

क्याम्पस स्थापना गर्नको लागि दुई पटकको सम्भाव्यता अध्ययनपछि प्रदेश ५ को दाङमै उपयुक्त हुने देखिएपछि इन्जिनियरिङ क्याम्पस स्थापना भएको हो । पर्याप्त जग्गा भएको त्रिभुवन विश्वविद्यालको आंगिक क्याम्पस महेन्द्र बहुमुखीकै नयां संकायको रुपमा राख्न सहज हुने प्रतिवेदन आएपछि सरकारले सोहीअनुसार निर्णय गरेको शिक्षा अभियन्ता तथा नेकपाका नेता जीवन गौतम बताउंछन् ।

अहिले त्रिभुवन विश्वविद्यालयका चारवटा इञ्जिनियरिङ क्याम्पस चलिरहेका छन् । पुलचोक, थापाथली, पोखरा र धरानमा त्रिविका इञ्जिनियरिङ क्याम्पस रहेका छन् । दाङमा इञ्जिनियरिङ कक्षा सञ्चालन भयो भने पनि सोहीस्तरको पढाई एकै शुल्कमा दाङमा हुनेछ । क्याम्पसका लेखा अधिकृत लक्ष्मण अधिकारीले आर्थिक वर्ष २०७४/०७५ को वार्षिक बजेटमा सरकारले सातै प्रदेशमा इञ्जिनियरिङ क्याम्पस पु¥याउने उल्लेख गरेपछि प्रक्रिया अघि बढाउन थप सहज भएको जानकारी दिए ।

त्यसैगरी वर्तमान सरकार बनेसंगै इञ्जिनियरिङ क्याम्पस नखुलेका प्रदेशमा सञ्चालनका लागि सभाव्यता अध्ययन गर्न कार्यदल बनेको थियो । कार्यदलले भौगोलिक अवस्थिति र वातावरणीय दृष्टिले प्रदेश ५ को सरकारी इञ्जिनियरिङ क्याम्पस सञ्चालन गर्न दाङमै उपयुक्त हुने प्रतिवेदन दिएको थियो ।

सोही आधारमा आयोगका सदस्य सचिव प्रा. डा. देवराज अधिकारीको संयोजकत्वमा समिति बनाई आयोगले दोस्रोपटक सम्भाव्यता अध्ययन गरेको थियो । चालु आर्थिक वर्षको बजेटमा प्रदेश २, ५ र ७ मा नयाँ इञ्जिनियरिङ क्याम्पसको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणका लागि ८९ लाख ८० हजार बजेट विनियोजन गरेको महेन्द्र बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख निश्चल हमालले बताए ।
क्याम्पसलाई स्थायित्व दिनको लागी दाङबासी लगायत क्याम्पस प्रशासन, अभिभावक, विद्यार्थी र सरकारले ध्यान दिन भने आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com