ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राप्तीसोनारीमा विजुली बल्यो, २५ वर्षदेखिको सपना पूरा (भिडियोसहित)


एबीसी न्यूज
आश्विन १०, २०७६ शुक्रबार  १ : २३ बजे

काठमाडौं, १० असोज  । पोल गाडिएको २५ बर्षपछि बा“केको राप्तीसोनारी गाउ“पालिका ७ फत्तेपुरमा बिजुली बत्ति बलेको छ । २०५१ सालमा फत्तेपुरमा बिजुली पु¥याउनका लागि तत्कालिन कृषिमन्त्री प्रेमबहादुर भण्डारीको पालामा पोल गाडिएका थिए । कृषिमन्त्रीले २५ बर्ष अघि स्थानीयमाझ देखाएका सपना २५ बर्षपछि वडाध्यक्षले पूरा गरेका छन् । स्थानीय निर्वाचन भएको डेढ बर्षमा नै वडा नै झिलिमिली भएको छ । खिया लागेका पोलको ठाउ“को नया“ पोल गाडेर तार टागिएका छन् ।

बा“केको कर्णाली भनेर चिनिने राप्तीपारी क्षेत्रका अन्य गाउहरु अहिले पनी अन्धकारमा नै रहेका छन् । २०५१ सालमा सोही क्षेत्रबाट निर्वाचित तत्कालिन कृषिमन्त्री प्रेमबहादुर भण्डारीको पालामा बिजुलीका पोलहरु गाडिएका थिए । कृषिमन्त्रीले गर्न नसकेको काम वडाध्यक्ष आफैँ खटिएपछि २५ बर्षपछि पूरा भएको हो । राप्तीसोनारी गाउ“पालिका ७ का वासिन्दाले पोल गाडेको २५ बर्षपछि बिजुली बाल्न पाएका हुन् । दुई वर्ष अघि भएको निर्वाचनमा विजयी भएपछि वडा अध्यक्ष रामलखन थारु बिजुली बाल्नको लागि कामका खटिएका थिए । संघिय, प्रदेश सांसद, गाउ“पालिका लगायतका विभिन्न संघ संस्थाहरु स“ग सहकार्य गर्दै अगाडि बढेका वडाअध्यक्ष थारुले डेढ बर्षमा नै वडाभरी बिजुली पु¥याएका छन् । निर्वाचनमा गरेको प्रतिवद्धता भन्दा धेरै अघि नै आफ्नो वडाभरी विजुलीबत्ति बाल्न सफल भएको वडा अध्यक्ष थारुले बताए ।

यस क्षेत्रबाट जित्ने हरेक सांसद र मन्त्रीले फत्तेपुरसहित राप्तीपारीमा बिजुली पु¥याउने वाचा गर्दै आएका थिए  । स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि बिजुली नै चुनावी मुद्दा बनेको थियो । तर, चुनावमा मात्रै वाचा गर्ने र त्यसपछि फर्की नहेर्ने गरेका कारण साढे दुई दशकसम्म बिजुली पुग्न सकेको थिएन । बिजुलीे बाल्नको लागि सदरमुकाम नेपालगञ्जमा पोल ल्याउन, पोल गाड्न, तार तान्ने लगायतका कामहरुमा वडा अध्यक्ष स्वंय खटिएका थिए । फत्तेपुरका सबै गाउ“हरुमा बिजुलीका पोल र तार जोडिएपछि स्थानीय वासिन्दा समेत हर्षित भएका छन् । अहिलेसम्म सोलार टुकीको भरमा रात विताईरहेका स्थानीय वासिन्दाहरु गाउ“मा बिजुली पुगेपछि खुसी भएका हुन् । उनीहरुले २५ वर्षदेखिको सपना पूरा भएको बताए ।

वडाका २ हजार भन्दा बढी घरधुरीमा अहिले बिजुली पुगिसकेको वडा कार्यालयले जनाएको छ । फत्तेपुरमा बिजुली पु¥याउनको लागि वडा कार्यालयको बजेट, विभिन्न संघ संस्था र विद्यूत् प्राधिकरणको सहयोगमा निर्धारित समय अगाडि नै बिजुली बल्न सफल भएको हो । पछिल्लो समय स्थानीय सरकारप्रति हेर्ने जनताको दृष्टिकोण नराम्रो भइरहेका बेला राप्तीसोनारी गाउ“पालिका वडा नम्बर ७ ले भने गतिलो उदाहरण दिएको छ । जनप्रतिनिधीहरु आफै फिल्डमा खटेर बजेटको सही सदुपयोग गर्न सके बर्षौदेखिका अधुरा कामहरु समयमा नै पूरा हुन्छन् भन्ने कुराको वडाअध्यक्ष रामलखन थारुले पुष्टी गरिदिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

सम्बन्धित

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

अमेरिकी सैनिक आधारहरूको वैश्विक जालो र यसको प्रभाव

नयाँ खामेनी र इरानको उत्तराधिकार राजनीति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com