ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिएमसीबाट पीडित सप्लायर्स कम्पनीहरुलाई वार्तामा आउन समितिको अपिल


एबीसी न्यूज

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सिएमसी दि रेभेनाबाट बाँकी भुक्तानी पाउन नसकेका पीडित भेण्डर तथा सप्लायर्स कम्पनीहरुलाई भुक्तानीको माग दाबी र सोको पुष्टी हुने गरी बिल बिजक तथा सम्झौताको कागजात पेश गर्न प्राविधिक समितिले आव्हान गरेको छ ।

सिएमसी कम्पनीबाट बाँकी रकम भुक्तानीको दाबी गरेका भेण्डर तथा स्थानीय सप्लायर्सहरुको मागका सम्बन्धमा गठन भएको प्राविधिक समितिले आयोजनाका लागि सामानहरु आपूर्ति गर्ने सप्लायर्सहरुसँग आवश्यक कागजात माग गरेको हो । समितिले एक सूचना जारी गरी आयोजना निर्माण क्षेत्रमा विरोध र आन्दोलन लगायतका कार्यक्रमहरु स्थगित गरी वार्तामा आउन समेत अनुरोध गरेको छ ।

प्राविधिक समितिले सामानहरु आपूर्ति गर्ने सप्लायर्स कम्पनीहरुलाई वार्तामा आउन आग्रह गर्दै राष्ट्रिय गौरवको आयोजना निर्माणमा सहयोग पु-याउन समेत अपिल गरेको छ ।

यसअघि खानेपानी मन्त्रालयका खानेपानी तथा वातावरण महाशाखा प्रमुखको संयोजकत्वमा ६ सदस्यीय प्राविधिक समिति गठन भएको थियो । मागकर्ताहरुको भुक्तानीको दाबीको सम्बन्धमा समितिले आवश्यक काम कारबाही अघि बढाईसकेको छ ।

यसैबीच स्थानीय श्रमिक मजदुरहरुको तलब ज्याला दिने सम्बन्धमा सम्बन्धमा मन्त्रालयले उनीहरुको माग सम्बोधन गर्न प्रक्रिया अघि बढाईसकेको छ । सिएमसी कम्पनीबाट पीडित स्थानीय श्रमिकहरुलाई राहत स्वरुप पाउनुपर्ने बाँकी रकम भुक्तानी दिन मन्त्रालयले यस सम्बन्धी फाइल अर्थ मन्त्रालयमा पठाइ सकेको छ । अर्थ मन्त्रालयबाट सहमति लिईसकेपछि मन्त्रिपरिषद्बाट यस सम्बन्धी आवश्यक निर्णय भई स्थानीय श्रमिकहरुलाई बाँकी रकम भुक्तानी दिन बाटो खुल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com