ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अपराध महाशाखा र काठमाडौँ प्रहरीमा कसुरअनुसारको हिरासत कक्ष


एबीसी न्यूज

काठमाडौं, २४ भदौ । प्रहरी कार्यालय होस् या कारागार, कुनै पनि क्षेत्रमा अपराधअनुसारको हिरासत र थुनुवा कक्ष छैन । पक्राउ गरेर ल्याइएका र दोषी करार भएका व्यक्ति एउटै कोठामा कोचेर राख्नुपर्ने अवस्था छ ।

महिला र पुरुषको कक्ष छुट्ययाइए पनि अपराधअनुसारको कक्ष भने सीमित नै छ । मुलुकको राजधानी काठमाडौँको सुरक्षा हेर्ने महानगरीय अपराध नियन्त्रण महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौँ प्रहरी को भौतिक संरचना विसं २०७२ को भूकम्पपछि अझै दयनीय छ । महाशाखामा भने थुनुवा कक्ष नै छैन । अस्थायीरूपमा बस्दै आएको परिसरमा थुनुवा मात्रै होइन, प्रहरी कर्मचारी नै एउटै कोठामा बसेर विभिन्न विभागको काम सम्हाल्नुपर्ने अवस्था छ ।

तर, अब बन्न लागेको अपराध महाशाखा र परिसरको भवन भने वर्तमान आवश्यकतालाई ध्यान दिँदै अपराधअनुसारको हिरासत कक्षसहित आधुनिक प्रविधियुक्त हुनेछ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल अबको भवन कसुरअनुरुपको हिरासत कक्षको व्यवस्थाको साथै सेवाग्राहीमैत्री संरचना निर्माण हुने बताउनुहुन्छ । प्रहरीको उक्त भवनमा हत्या, चोरी, विशिष्ट व्यक्ति तथा अन्य कसुरमा फरक–फरक कक्षहरु राखिनेछ । परिसरमा ३०० र महाशाखाका १५० जना राख्न मिल्ने गरी भवन बन्दैछ ।

“अनुसन्धानको क्रममा पक्राउ परेका सबैलाई प्रहरीको व्यवहार समान हुनुपर्छ, कोही मानिस प्रहरी कार्यालयमा आयो भन्दैमा के परेछ भन्दै हेर्ने दृष्टिकोणमा गलत बुझाइ नहोस्, मैले मेरो प्रहरीलाई सूचना दिन आएको हुुँ भन्ने महसुस हुने गरी छुट्टै डेस्क हुन्छ र आफ्नो कुरा राख्न पाइन्छ ।”‘गोरखा भूकम्प’ लगत्तै अपराध महाशाखा र प्रहरी परिसर विस्थापित भयो । भूकम्पपछिको चार वर्ष कष्टकररूपमा बिताएको महानगरीय प्रहरी परिसर र महानगरीय अपराध नियन्त्रण महाशाखाको नयाँ भवन निर्माणको आजदेखि औपचारिक थालनी भएको छ । दुई वर्षभित्र कामसक्ने लक्ष्य यसको छ ।

नेपाल प्रहरीको भौतिक पूर्वाधार निर्देशनालयले दिएको जानकारीअनुसार अपराध महाशाखाको भवन रु ३० करोडमा बन्दैछ । महानगरीय प्रहरी परिसरको भवन भने रु ६५ करोडको लागतमा निर्माण हुनलागेको हो । निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक लोकेशचन्द्र सिंहले १५ रोपनीमा परिसर र नौ रोपनीमा महाशाखा निर्माण हुने जानकारी दिनुभयो ।

भूकम्प गएलगत्तै हनुमानढोकाबाट महानगरीय प्रहरी परिसर र एकाएक टेकुस्थित तत्कालीन नेशनल ट्रेडिङ कर्पोरेशनको पुरानो भवनमा सरेको थियो । महानगरीय अपराध नियन्त्रण महाशाखा भने त्यसैको छेउमा पार्टी प्यालेस नजिक टेन्ट टाँगेर बसेको छ । अहिले त टेन्ट घामपानी ओत्ने अवस्थाको छैन । च्यातिएको त्रिपालमा बसेर अपराध अनुसन्धान गर्दै आएको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापा अब बन्ने भवन भने आधुनिक प्रविधिसहितको वर्तमान आवश्यकतालाई मध्यनजर गरी बन्न लागेकाले काम गर्न र सेवा दिन सहज हुने बताउनुभयो । भवन दुई वर्षभित्र बन्नेछ ।

आधुनिक साथै सुविधायुक्त एवं कार्यालयको कार्यप्रकृति बमोजिम कार्यालय, ब्यारेक, मिटिङ हल, व्यायाम हल, मेश आदिको व्यवस्थापन गरिनेछ । दुवै संरचनाहरुमा भूकम्प प्रतिरोधात्मक, अपाङ्गमैत्री, महिलामैत्री, वातावरणमैत्री हुनुको साथै अण्डरग्राउण्ड पार्किङकोसमेत व्यवस्था गरिने निर्देशनालयका प्रहरी उपरीक्षक रामकुमार चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com