ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यातायातक्षेत्रमा सिन्डिकेट र दादागिरी : अग्रिम बुकिङ कहिले खुलाउने भन्ने नै अन्योल(भिडियोसहित)


एबीसी न्यूज
भाद्र २३, २०७६ सोमबार  १ : १३ बजे

दशै आउन अब १ महिना पनि बाँकी नुहँदा पनि अग्रिम टिकट बुकिङ खुल्ला गरिएको छैन । अग्रिम बुकीङ खुल्ला नगरिदा दशै मान्न, जान आउन सर्वसाधारणलाई समस्या हुने देखिएको छ । यातायात व्यवसायीले भाडा वृद्धिको माग राखि बुकिङ खुल्ला नगर्दा सर्वसाधारण अन्यौलमा परेका हुन् ।

यस वर्षको वडा दशैँ आउन अब केवल महिना दिन मात्र बाँकी छ । असोज १२ बाट यस वर्षको दशै शुरु हुन्छ । दशैँमा काठमाडौ उपत्यकाबाट लाखौ मानिस बाहिरिन्छन् । अन्य चाडपर्व भन्दा दशै बढी महत्व हुने भएकोले दशैँ मान्न जाने चाप बढी हुन्छ । गत वर्षको तथ्यांक अनुसार काठमाडौँ उपत्यकाबाट करिब २० लाख मानिस दशैँको बेला बाहिरिने गर्छन । यस्तो अवस्थामा काठमाडौँबाट बाहिरिन सर्वसावधारणलाई निकै सास्ती हुने गरेको छ । यातायातको साधनको अभाव, मनलाग्दी भाडा असुली लगायतले यात्रु वर्षेनी मारमा पर्दै आएका छन् । अघिल्ला वर्षहरुमा यतिखेर अग्रिम टिकट बुकिङ भइरहेको हुन्थे । तर यस वर्ष यातायात व्यवसायीले भाडा दर लगायतका कारण देखाउदै अग्रिम बुकिङ खुल्ला गरेका छैनन् । तर सरकारले यातायात व्यवसायीलाई अग्रिम बुकिङ खुल्ला गर्न निर्देशन गरिसकेको छ । व्यवसायीले भने विभिन्न कारणहरु देखाउँदै अग्रिम बुकिङ खुलाएका छैनन् ।सर्वसाधारणले अग्रिम बुकिङ छिटोभन्दा छिटो खुलाउन माग गरेका छन् ।

यसपल्ट यतिखेरसम्म अग्रिम बुकिङ खुल्ला हुन नसक्नुको कारण हो, यातायात व्यवसायीले भाडा वृद्धिको माग गरिरहेका छन् । वैकिङ क्षेत्रमा आएको तरलताको कारण अघिल्लो वर्षमा जस्तो बस सञ्चालन गर्न नसकेको उनीहरुको तर्क छ । सिमित सवारी साधनले एकतर्फी रुपमा यात्रु ओसार्नुपर्ने भएकोले भाडामा समायोजन हुनुपर्ने उनीहरुको शर्त हो । भाडा वृद्धि गर्न लागेको कुरा उनीहरु स्वीकार गर्न तयार छैनन् । यद्यपी मुल कुरा व्यवसायीले भाडा वृद्धि गर्न नपाएर सरकारलाई अप्ठ्यारो पारि घुडा टेकाउने नीति प्रष्ट भएको सहजै बुझ्न सकिन्छ ।

त्यसो त यातायात व्यवसायीले दशैँ तिहारजस्तो मुख्य चाडमा मात्रै भाडाको बखेडा झिक्ने गरेका छन् । यातायातको साधनको कृतिम अभाव खडा गरि यातायातक्षेत्रमा सिन्डिकेट र दादागिरी देखाउने गरेका छन् । यसमा सरकार आफैँ निरिह बनेको छ । सर्वसाधारणले जति भन्यो उति भाडा तिरेर यात्रा गर्नुपर्ने विवश छन् । हरेक वर्ष सरकारले अनुगमन गर्ने र दोषीलाई कारबाहि गर्ने भनिएपनि सरकारी आश्वासन आश्वासनमै सिमित छ । तर भाडा वृद्धि गर्ने विषय विभागको मात्रै अधिकार क्षेत्र नभएकोले यस वर्ष भाडा बढ्ने अथवा नबढ्ने भन्न नसकिने यातायात व्यवस्था विभागका प्रवक्ता तीर्थराज खनालको भनाइ छ ।

सर्वसाधारणले भने सरकार हरेक वर्ष भाडा निर्धारण र अनुगनमा चुक्ने गरेको भन्दै यसको प्रभावकारीतामा बेलैदेखि ध्यान दिन सरकारलाई आग्रह गरेका छन् । अग्रिम बुकिङ कहिले खुलाउने भन्नेमै अन्योलमा रहेको विभाग दशैतिहारमा यातायातका साधनले गर्ने ठगिलाई भने अनुगमन गर्ने विभागको आश्वासन छ । सारमा सरकारी कर्मचारी र यातायात व्यवासायीको मिलेमतोमा सर्वसाधारणलाई ढाड सेक्ने काम भएको छ । चाडबाड मुखैमा आएर यातायात व्यवसायीले अनेक बखेडा झिकेर सहज र सुलभ सेवा नदिनु भनेको राज्यलाई कमजोर देखाएर यातायातमा राज चलाउनु हो । सवल र स्थायी सरकारलाइ समेत अनेकन वाहानबाजीको बार्गेनिङ गरेर सडक कब्जा गर्नु कुनैपनि हालतमा स्विकार्य हुन सक्दैन । यसर्थ सरकारले वैज्ञानिक भाडादर निर्धारण गरि नियमित अनुगमन र कारबाही गर्दै सडकसेवालाई सहज सर्वसुलभ र व्यवस्थित बनाउन पहल गर्नैपर्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नक्सापासबिनै रास्वपा सांसद केपी खनालको तीनतले घर, जग्गाको पनि छैन पूर्जा

गण्डकी, बागमती र मधेश प्रदेशमा हल्कादेखि मध्यमसम्मको वर्षा

सम्बन्धित

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

अमेरिकी सैनिक आधारहरूको वैश्विक जालो र यसको प्रभाव

नयाँ खामेनी र इरानको उत्तराधिकार राजनीति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com