काठमाडौं, १५ असोज । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गान्धीले देखाएको अहिंसाको बाटोलाई अनुशरण गरेर अघि बढन पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नु भएको छ । पूर्वप्रधानमन्त्री समेत रहनु भएका देउवाले गान्धीले देखाएको अहिंसाको बाटोबाटै अघि बढेर मुलुकलाई अघि बढाउन सकिने पनि स्पष्ट पार्नु भयो । ...