काठमाडौं ३० मंसिर । २७ वर्षदेखि बन्द अवस्थामा रहेको कैलालीको टीकापुर विमानस्थलमा आजदेखि उडान शुरु भएको छ । आज दिउँसो तारा एयरको वाइटी १७०१ नम्बरको ट्वीनअटर विमानमा चालक दलका तीनसहित छ कर्मचारी र १२ यात्रु टीकापुर विमानस्थलमा अवतरण गरेसँगै विमानस्थलमा उडान शुरु भएको हो । ...