पाल्पा, २९ कात्तिक । पूर्वखोला गाउँपालिका पाल्पाले विद्यालयका छात्राहरुलाई सेनेटरी प्याड वितरण गरेको छ । छात्रा महिनावारी भएका समय विद्यालय नआउने र बीचमै विद्यालय छाड्ने दरलाई कम गर्न सेनेटरी प्याड वितरण गरिएको हो । गाउँपालिकाको ७५ प्रतिशत र विद्यालयको २५ प्रतिशत अनुदानमा सेनेटरी प्याड वितरण गरिएको ...