ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घरमै खानेपानी आएपछि स्थानीयवासी दङ्ग


admin
कार्तिक २९, २०७५ बिहीबार  १ : २१ बजे

बागलुङ, २९ कात्तिक ।  वर्षौँदेखि खानेपानीको समस्या झेल्दै आएका बागलुङ नगरपालिका–४ छापाका स्थानीयवासी घरमै पानी आएपछि दङ्ग छन् ।

दैनिक एक घण्टा लगाएर पानी भर्नुपर्ने समस्याले आजित भएका स्थानीय घरमै पानीको धारो आउँदा हर्षित भएका हुन् । “हामी पानीको लागि दैनिकी गुजार्दै आएका थियौँ” छापाका स्थानीय भूमिस्वर सापकोटाले भन्नुभयो, “खानेपानी ल्याउने धेरै प्रयास भए सबै प्रयास असफल भएपछि खानेपानी पाउने आशै थिएन तर आज घरकै धारामा पानी खस्दा आश्चर्यमा परेका छौँ ।”

बागलुङ नगरपालिकाको ‘एक घर एक धारा’ अभियानअन्तर्गत छापामा ११९ घरमा धारा जडान भएपछि यहाँका स्थानीयमा खुशियाली छाएको छ ।
“अबको पाँच वर्षमा नगरका सबै घरमा पानीका धारा हुन्छन्” बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले भन्नुभयो, “मेरो कार्यकालमा पानीको समस्या अन्त्य गर्ने सोचमा छुु ।” कुँडुले छापा खानेपानी आयोजनालाई नगरपालिकाको आर्थिक तथा स्थानीयको श्रमदान गरी कूल रु एक करोड ३२ लाखको लागतमा आयोजना सम्पन्न गरिएको कुँडुले छापा खानेपानी आयोजनाका अध्यक्ष विवेक हमालले बताउनुभयो ।

“मुहान विवादका कारण लामो समय अलपत्र परेको आयोजना हाल आएर सम्पन्न भएको छ”, हमालले भन्नुभयो, “स्थानीयको लगाव र नगरपालिकाको पहलमा आयोजनाले सार्थकता पाएको छ ।”

सिस्नेखोला तथा भुतेको छहराबाट पानी ल्याई एक लाख लिटरको ट्याङ्की निर्माण गरी गुरुत्वाकर्षण प्रविधिको प्रयोगबाट घरघरमा पानी वितरण गरिएको आयोजनाका इञ्जिनीयर गौरव शर्माले बताउनुभयो ।

आयोजनामा दुई इन्टेक ट्याङ्की, एक रिर्जभ ट्याङ्की, २५ च्याम्बर निर्माण गरी घरघरमा खानेपानी वितरण गरिएको छ । बागलुङ नगरपालिकाले नगरभित्रका करीब ६०० घरधुरीमा ‘एक घर एक धारा’ निर्माणाधीन अवस्थामा रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिका–इजरायलको इरानमाथि आक्रमण ४–५ हप्ता लम्बिन सक्छः ट्रम्प

रामेछापदुर्घटना : मतदान अधिकृतसहित २ को मृत्यु, ७ घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

सम्बन्धित

रामेछाप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या २ पुग्यो

निर्वाचन कर्मचारी सवार जिप दुर्घटना अपडेट : एक जनाको मृत्यु

युएईमा मारिएका नेपालीको परिचय खुल्यो

प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने

उपत्यका र पहाडमा आज हर्षोल्लासका साथ मनाइँदै होली

कांग्रेसले आगामी ५ वर्ष मुलुकको सुशासन र विकासका लागि सदुपयोग गर्ने प्रतिज्ञा लिएको छः गगन थापा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com