काठमाडौ २ असार । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित प्रमुख भरतबहादुर थापा धरौटीमा रिहा भएका छन् । अवैध रूपमा ढुंगा, गिटी र बालुवा उत्खनन गरी वन पैदावारमा क्षति पुर्याएको तथा वन ऐनको उल्लंघन गरेको अभियोगमा सर्लाही जिल्ला अदालतमा मुद्दा दायर छ । न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले ...