काठमाडौँ, १६ फागुन । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीलाई एकताबद्ध बनाएर अगाडि लैजानुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभाका सांसदलाई स्वागत तथा होली पर्वको शुभकामना दिन आज टोखास्थित आफ्नै निवासमा आयोजित दिवाभोज कार्यक्रममा महामन्त्री कोइरालाले पार्टीलाई एकढिक्का बनाएर अगाडि बढ्नुपर्ने बताउनुभएको हो । उहाँले ...