धनगढी, २० जेठ । नेपाली काँग्रेसका बयोवृद्ध नेता ज्योतिप्रकाश जोशीको गएराति धनगढीको बैयावेहँडीस्थित आफ्नै निवासमा ७८ वर्षको उमेरमा निधन भएको छ । बझाङको नेपाली काँग्रेसको संस्थापक रहनुभएका जोशी विगत लामो समयदेखि मुटुसम्बन्धी रोगबाट ग्रसित हुनुहुन्थ्यो । उहाँका श्रीमती, तीन छोरा र एक छोरी हुनुहुन्छ । ...