कपिलवस्तु, १९ असोज । कपिलवस्तुको शिवराज नगरपालिका भित्रका बासिन्दाले घरमा शौचालय नबनाए नगरपालिकाबाट पाउने सेवा सुविधाबाट वञ्चित हुने भएका छन् । आगामी कात्तिक १ गतेदेखि नगरपालिका र वडा कार्यालयबाट त्यस्ता घरधनीलाई कुनै पनि सेवा सुविधा नदिने बताइएको छ । उक्त नगरपालिकालाई आगामी मंसिर २५ गतेभित्र ...