ताप्लेजुङ, ६ जेठ । विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो कञ्चनजङ्घा हिमालमा दुई नेपालीसहित तीन जनाले आरोहण गरेका छन् । बिहीबार नर्वेकी क्रिष्टिना हरिलासहित सङ्खुवासभाका तेन्जिङ शेर्पा र ओखलढुंगाका जेलु शेर्पाले सफल आरोहण गरेको सेभेन समिट ट्रेक्स एण्ड एक्सपीडिशनका निर्देशक मिङ्मा शेर्पाले जानकारी दिए । ...