काठमाडौँ, २ जेठ । एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको विषयमा टुंगोमा पुग्न माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक अध्यक्ष प्रचण्ड निवास खुमलटारमा जारी छ। बैठकको सुरुमा अध्यक्ष प्रचण्डले पार्टी एकताका विषयमा हालसम्म एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको छलफलका प्रगति विवरणबारे ब्रिफिङ गरेका थिए। ...