काठमाडौं, ३० भदौ । सरकारले नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज मन्त्रिस्तरीय निर्णय गरी कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिनुभएको हो । प्राधिकरणमा कार्यरत उपकार्यकारी निर्देशकमध्ये कोइराला सबैभन्दा वरिष्ठ हुनुहुन्छ ...