चितवन, ७ मंसिर । नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय अध्यक्ष रवि लामिछाने चितवन–२ बाट फराकिलो मतान्तरसहित जित हासिल गर्ने भएका छन् । बिहीबार बिहान सवा सात बजेसम्मको मतगणनाअनुसार लामिछानेले ४२ हजार २४१ मत ल्याएका छन् ।सत्तारूढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठको १३ हजार ९२९ मत ...