ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बैँकले घरमा ताला लगाएपछि मन्दिरमा बास


एबीसी न्यूज


जनकपुरधाम २० भदौ । बैंकबाट लिएको ऋण तिर्न ढिलाइ भएपछि एक विपन्नको घरमा ताल्चा लगाएपछि पुरै परिवार नै बिचल्लीमा परेका छन् । जनकपुरधाम उपमहानगरपालिका–१४ रजौलका बजरंगी पासवानले ऋणको किस्ता तिर्न ढिलाइ भएपछि उनको घरमा छिमेकी बिकास बैंकले ताल्चा लगाएको हो । बैँकले घरमा ताल्चा लगाएपछि उनि मन्दिर लगायतका सार्वजनिक स्थानमा दिन गुजार्न बाध्य भएका छन् ।

बैंकका कर्मचारी र महिला समूहले घरमा ताला लगाएर घर निकाला गरेको पीडितले गुनासो गरेका छन् । घर निकाला गरिएका परिवारका सदस्य अहिले बालबच्चा सहित दुई दिनदेखि जानकी मन्दिरको प्रांगनमा भोकभोकै बसिरहेको पीडितले बताए ।

पासवानले विगत करिब दुई महिनादेखि मासिक किस्ता तिर्न नसक्दा बुधबार बैंकका कर्मचारी र स्थानीय महिला समूह आएर घरमा ताला लगाएर निकाला गरेको पीडित बजरंगी पासवानले हामीसंग पीडा सुनाए । ’समूहबाट ४ लाख ५० हजार ऋण लिएका छौं,’पासवानले भने,’अहिलेसम्म नियमित १८ हजारका दरले मासिक किस्ताको रकम तिर्दै आएको छु ।’

गत दुई महिनाको किस्ता तिर्न बाँकी रहेका बेला बैंकका कर्मचारी र समूहका महिलाहरु घरमै आएर ताला लगाई घर निकाला गरेको उनको गुनासो छ ।
घरबाट निकालिएको विषयमा बैंकका जनकपुर शाखा प्रमुख सुजित झाले पासवानको घरमा महिला समूहले ताला लगाएको बताए । महिला समूहमार्फत समूह जमानीमा लगानी रहेको र ऋण उठाउन महिलाहरूले आफैंले निर्णय गर्ने गरेको पीडित पासवानी पत्नी ज्ञानुदेवी पासवानले बताइन् ।

जनकपुरमा मात्रै ३० जना महिलाको समूह गठन गरेर छिमेकी बैंकले करोडौं रुपैयाँ ऋण लगानी गरेका छन् । महिलाहरू चर्को ब्याज र किस्ताबन्दीमा ऋण तिर्न बाध्य भएको र ऋण तिर्न नसक्दा घर निकाला गरिएको परिवारले पीडा सुनाएका छन् । बैंकहरूले यसरी लगानी गरेको ऋणको ब्याज, सेवा शुल्क गरी करिब २५ प्रतिशतभन्दा बढी ब्याज लिने गरेको पीडित परिवारले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com